Wednesday 18th of November | २०८३ मङ्सिर २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चिपमा चीनको अप्रत्यक्ष पहुँच रोक्न अमेरिकाको नयाँ नियम

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १ मंगलबार | (रासस-एपी)

वासिङ्टन, १ मङ्सिर : अमेरिकी उन्नत कम्प्युटिङ चिप र सर्भरमा तेस्रो मुलुकका डाटा सेन्टरमार्फत चीनले पहुँच प्राप्त गर्न सक्ने सम्भावना रोक्न राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नयाँ निर्यात नियन्त्रण नियम लागू गरेको छ ।

यसअनुसार चीनलगायत प्रतिबन्धित देशका कम्पनीलाई सेवा दिने विदेशी डाटा सेन्टरले अन्तिम प्रयोगकर्ताको पहिचान खुलाउनुपर्नेछ ।

नयाँ नियमले इन्डोनेसिया, मलेसिया, सिङ्गापुर, थाइल्यान्ड र ब्राजिलमा चिप बिक्री गर्दा थप इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ । अमेरिकी प्रशासनले क्लाउड कम्प्युटिङमार्फत अमेरिकी प्रविधि प्रयोग गर्ने सम्भावित कमजोरी नियन्त्रण गर्न यो कदम चालेको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले अमेरिकी कदमको आलोचना गर्दै यसले चीनको प्राविधिक विकास र विश्वव्यापी आपूर्ति शृङ्खलामा असर पार्ने बताउनुभएको छ । चीनले आफ्नो हित र अधिकारको रक्षा गर्न आवश्यक कदम चाल्ने उहाँले जनाउनुभयो ।

यसैबीच, अमेरिकी चिप निर्माता एनभिडियाका चिप चीन पु¥याएको आशङ्कामा मेगास्पिड इन्टरनेसनलमाथि अमेरिका, सिङ्गापुर र मलेसियामा अनुसन्धान भइरहेको छ ।

अमेरिकी वाणिज्य मन्त्रालयले सन् २०२४ मै अनुसन्धान सुरु गरेको थियो भने न्याय मन्त्रालयले कम्पनीमाथिको आपराधिक अनुसन्धान अघि बढाएको छ । मलेसियाले पनि आफ्नो देशमा भित्रिएका चिप अन्य मुलुकमा पुनः निर्यात भए–नभएको छानबिन गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan