Tuesday 10th of November | २०८३ कार्तिक २४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पनौतीमा सांस्कृतिक झाँकीसहित भिन्तुना ¥याली

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २४ मंगलबार | (रासस)

बनेपा (काभ्रे), २४ कात्तिकः नेपाल संवत् ११४७ को अवसरमा आज काभ्रेपलाञ्चोकको पनौतीमा सांस्कृतिक झाँकीसहित भिन्तुना ¥याली निकालिएको छ ।

    पनौती नेपालद्वारा आयोजित ¥यालीमा नेवारी कला, संस्कृति, मौलिक बाजागाजा तथा वेषभूषा झल्कने झाँकी प्रदर्शन गरिएको थियो । ¥यालीमा विभिन्न जातजाति तथा समुदायका प्रतिनिधिको सहभागिता रहेको थियो । 

    पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले भिन्तुना ¥याली नेवार समुदायको एकतामा मात्र सीमित नराखी सबै जातजाति र समुदाय बीच एकता तथा सद्भाव कायम गर्ने उद्देश्यले आयोजना गरिएको बताउनुभयो । उहाँले सबै जातजातिका चाडपर्वलाई साझा उत्सवका रूपमा विकास गर्दै एउटै मूलधारमा जोड्नुपर्ने बताउनुभयो । नेपाल संवत्को ऐतिहासिक महत्व सँगै पनौतीको सम्पदा, मठमन्दिर तथा मौलिक संस्कृतिको संरक्षण र विकासमा नगरपालिकाले ध्यान दिने उहाँले उल्लेख गर्नुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan