Wednesday 4th of November | २०८३ कार्तिक १८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

छोटो दूरीको पदयात्रासँग जोड्दै हेटौँडाको मनकामना

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १८ बुधबार |
newsabhiyan

बागमती, १८ कात्तिकः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नं ४ स्थित मनकामना मन्दिर नजिकै स्थानीय पर्यटन व्यसायी रामशरण थापाले किराना पसल तथा खाने बस्ने सुुविधासहितको होटल सञ्चालन गरिहनुभएको छ ।

हेटौँडाको व्यस्त बजारबाट करिब छ किलोमिटर उत्तरपूर्वमा अवस्थित मनकामना मन्दिर र आसपासको रमणीय परिवेशका कारण पछिल्ला समयमा यहाँको होटेल व्यवसाय फस्टाउँदै गएको छ ।

हेटौँडाको बजारको व्यस्ततालाई छल्दै केही समय भने पनि प्रकृतिमा रमाउन सकिने धार्मिक गन्तव्यका रूपमा मनकामना मन्दिरले विशेष गरी आन्तरिक पर्यटकहरू आकर्षित गरिरहेको यहाँका पर्यटन व्यवसायी बताउँछन् ।

धार्मिक महत्वको मनकामना मन्दिरसँगै यहाँबाट देखिने हेटौँडासहितको दृश्यावलोकनले यो स्थान पछिल्ला वर्षमा राम्रै पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको थापाले बताउनुभयो ।

बजारको धुलोधुवाँबाट मुक्त हुँदै स्वच्छ हावा र वातावरणसँग रमाउँदै छोटो दूरीको हाइकिङका लागि मनकामना क्षेत्र महत्वपूर्ण गन्तव्यका रूपमा विकास भइरहेको हिमालयन राइडर्स सोसाइटी, हेटौंडाका अध्यक्ष राजु थापामगरले बताउनुभयो ।

“हेटौँडाबाट छोटो दूरीको हाइकिङका लागि मनकामना क्षेत्र यहाँको उपयुुक्त गन्तव्य हो”, उहाँले भन्नुभयो, “हेटौँडाको सानोपोखरा, पिप्लेकुनास्थित रुद्रेश्वर मन्दिरका साथै मक्रान्चुलीबाट समेत मनकामना जाने छुट्टाछुट्टै हाइकिङ मार्गहरू छन् ।”

मनकामना मन्दिरले धार्मिक आस्था एवम् पदयात्रा पर्यटनलाई एकआपसमा जोडिरहेको बताउँदै उहाँले विशेष गरी विदाको दिन तथा बिहान बेलुका यस क्षेत्रमा हाइकिङ गर्नेहरूको आकर्षण बढिरहेको उहाँले बताउनुभयो ।

गोरखाको मनकामना मन्दिरको झल्को दिने किसिमको धार्मिक महत्वको मनकामना मन्दिरसँगै मन्दिरमा जाने मार्गको मुख्य चोकमा बनाइएको ठेकी पार्क, रमणीय वातावरण आदि यहाँको विशिष्टता रहेको स्थानीयवासी बताउँछन् ।

पर्यटकको आगमनलाई लक्षित गरी पछिल्ला समयमा यस क्षेत्रमा पाँच वटा होटेलसँगै चिया तथा खाजा पसलहरू थपिने क्रममा रहेको पर्यटन व्यवसायी थापाले बताउनुभयो ।

मन्दिरका पुजारी कृष्णबहादुुर राना मगरका अनुुसार यहाँको मन्दिर २०१५ सालमा गोरखाको मनकामना मन्दिरबाट शिला ल्याएर स्थापना गरिएको हो । गोरखाको मनकामना मन्दिरमा जस्तै यहाँ पनि हरे्क दिन श्रद्धा भक्तिपूर्वक पूजाआजा गर्ने प्रचलन रहेको उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार प्रत्येक दिन बिहान ५ः०० बजे खुल्ने मन्दिर बिहानको पूजापछि केही समय बन्द गर्ने गरिन्छ भने दिउँसो पुनः १ः०० बजे खुल्ने गर्दछ । बेलुका ६ः०० बजेसम्म खुल्ने यस मन्दिरमा विशेष गरी शनिबार र अन्य महत्वपूर्ण तिथिमिति र पर्वमा दर्शनार्थीहरूको भीड लाग्ने गरेको पुुजारी मगरले बताउनुभयो ।

गोरखा मनकामनाको बहिनीका रूपमा लिइने यस मन्दिरको स्वरूप गोरखाकै मनकामना मन्दिरसँग मिल्दो छ । स्थानीयवासीका अनुुसार सुरुमा काठको मन्दिर रहेकामा २०३७÷३८ सालतिर यहाँका गाउँलेले नजिकैको मक्रानचुली गएर इँटा बोकर ल्याई निर्माण गरिएको हो ।

मनले चिताएको पुग्ने विश्वासका साथ हेटौँडा र आसपासका क्षेत्रबाट यहाँ दर्शनार्थी आउने गरेको पुजारी मगरको भनाइ छ । क्षेत्रमा हेटौँडा बजारको बुद्धचोकबाट मोटरसाइकल, गाडी वा अन्य स्थानीय यातायातका साधन प्रयोग गरेर सजिलै आउन सकिन्छ ।

यसअघि २०७६ सालमा मकवानपुर जिल्लाका ३० वटा पर्यटकीय गन्तव्य पहिचान गरिएको थियो । जिल्लाका १० वटा पालिकाका तीन÷तीन वटा पर्यटकीयस्थल पहिचान गरी पर्यटकीय गन्तव्य निर्धारण गरिएकामा मकवानपुरगढी गाउँपालिकाका ऐतिहासिक महत्व बोकेका मकवानपुरगढी दरबार क्षेत्र, मनकामना मन्दिर र सहिद रुद्रबाटिका पार्कलाई पर्यटकीय गन्तव्यका रुपमा समेटिएको थियो ।

यहाँको पर्यटकीय सम्भावनालाई उपयोग गर्नका लागि पछिल्लो समयमा यहाँका स्थानीय तहसँगै प्रदेश सरकारले पनि चासो देखाएका छन् । मन्दिरको संरक्षणका लागि बागमती प्रदेश सरकारसँगै मकवानपुुरगढी गाउँपालिका, वडा कार्यालयले समयसमयमा बजेट विनियोजन गरी पूर्वाधारि विकासमा योगदान पु¥याउँदै आएका छन् । यहाँ नजिकै रहेको मकवानपुरगढी रुद्रबाटिका पार्कलाई व्यवस्थित गर्दै पर्यटकको बसाइ लम्ब्याउने प्रयास पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan