Tuesday 10th of November | २०८३ कार्तिक २४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पाकिस्तानले नेपाललाई दियो २७६ रनको लक्ष्य

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २४ मंगलबार | (रासस)

काठमाडौँ, २४ कात्तिकः ओमानमा जारी यु–१९ एसिया कप  क्रिकेट प्रतियोगितामा पाकिस्तानले नेपाललाई जितको लागि २७६ रनको विशाल लक्ष्य दिएको छ ।

    ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले  निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २७५ रनको योगफल बनाएको हो । 

    पाकिस्तानका लागि अहमद हुसेनले उत्कृष्ट ब्याटिङ गर्दै ७३ बलमा सर्वाधिक ८९ रनको योगफल बनाए । उनले सात चौका र दुई छक्का प्रहार गरे ।  त्यस्तै कप्तान फरहान युसुफले ९५ बलमा ७४ रनको योगदान दिए । उनले छ चौका र तीन छक्का प्रहार गरे ।  हसनैन अब्बास दारले २५, जहाँगीर बिलालले २२ तथा उस्मान खानले १९ रन बनाए । 


    नेपालका लागि बिपिन शर्माले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा ५८ रन खर्चेर तीन विकेट लिए । त्यस्तै सुशील रावलले दुई विकेट लिए भने सचिन भट्ट र अभय यादवले समान एक–एक विकेट हात पारे । नेपाल अहिले जवाफी ब्याटिङम उत्रेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan