Tuesday 10th of November | २०८३ कार्तिक २४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जुवातास खेलिरहेको अवस्थामा ११० जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २४ मंगलबार |

काठमाडौँ, २४ कात्तिकः प्रहरीले देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेका ११० जनालाई पक्राउ गरेको छ ।
     
    केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बूढानीलकण्ठ नगरपालिका–६ टनागाउँबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–८ बस्ने ४५ वर्षीय राजेश नगरकोटीसहित १० जनालाई पक्राउ गरेको हो । 

    प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु ५६ हजार ५४० र छ बुक ताससहित पक्राउ गरेको हो ।
 
    त्यसैगरी, चितवन रत्ननगर नगरपालिका–१६ हात्तीगाडेबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय माधव थापा मगरसहित छ जनालाई पक्राउ गरेको छ ।

    भरतपुर महानगरपालिका–७ बस्ने ३८ वर्षीय डिलाराम चालिसेको घरमा जुवातास खेलिरहेको अवस्थामा डिलारामसहित सात जना पक्राउ परेका छन् । चितवन प्रहरीले जुवातास खेलिरहेका व्यक्तिहरूको साथबाट रु तीन लाख ३७ हजार ४८० र एक बुक ताससहित पक्राउ गरेको हो ।

    धनकुटा, पाख्रीबास नगरपालिका–९ बस्ने ५५ वर्षीय विष्णु घिसिङको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा विष्णुसमेत सात जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । 

    भक्तपुर, मध्यपुरथिमि नगरपालिका–३ एसएस चोक नजिकबाट जुवातास खेलिरहेको अवस्थामा भक्तपुर सल्लाघारी बस्ने सिन्धुपाल्चोक घर भएका २६ वर्षीय सुजन तामाङ समेत नौ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

    यसैगरी भक्तपुर, चाँगुनारायण नगरपालिका–७ बागेश्वरी पकरीटोलबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय दिपेश लामिछानेसमेत १५ जनालाई मङ्गलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

    झापा, कमल गाउँपालिका–५ टुक्रे बस्ने ४५ वर्षीया गीता भट्टराईको घरमा जुवातास खेलिरहेको अवस्थामा गीतासमेत १२ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    यसैगरी झापा, दमक नगरपालिका–१० बाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका–१० बस्ने ५४ वर्षीय काजिम थापासमेत १० जनालाई मङ्गलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

    धनुषा, जनकपुरधाम उपमहानगरपालिका–२ शिव चोकबाट जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–३ बस्ने ५२ वर्षीय सञ्जय पंजियारसमेत पाँच जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

    कपिलवस्तु, वाणगङ्गा नगरपालिका–७ चौरीगाउँ बस्ने ४१ वर्षीय विष्णु थारूको घरमा जुवातास खेलिरहेको अवस्थामा विष्णुसमेत चार जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

    सर्लाही, बरहथवा नगरपालिका–९ मुर्तियाबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा बरहथवा नगरपालिका–९ बस्ने लालकृष्ण गुरुङसमेत दुई जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
 
    यसैगरी सर्लाही, लालबन्दी नगरपालिका–४ हरिभवन टोल बस्ने ४० वर्षीय भुवनकुमार श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा भुवनसमेत नौ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । 

    कञ्चनपुर, भीमदत्त नगरपालिका–१८ पुष्पलाल चोक बस्ने ५३ वर्षीय रवीन्द्र केसीको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा रवीन्द्रसमेत छ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

    कास्की, पोखरा महानगरपालिका–१८ अधेरीकुना डेरा गरी बस्ने म्याग्दी घर भएका ४८ वर्षीय केशर रानाको कोठामा जुवातास खेलिरहेको अवस्थामा केशरसमेत छ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan