Thursday 19th of November | २०८३ मङ्सिर ३ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एआईमा सहकार्य बढाउन सीको आग्रह

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर २ बुधबार | (रासस-एएफपी)

सेन्जेन (चीन), २ मङ्सिर : चिनियाँ राष्ट्रपति सी जिनपिङले कृत्रिम बौद्धिकता (एआई), डिजिटल अर्थतन्त्र र स्वतन्त्र व्यापारमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्न आह्वान गर्नुभएको छ । उहाँले एसिया–प्रशान्त क्षेत्रमा साझा समृद्धिका लागि व्यापार तथा लगानीका अवरोध हटाउनुपर्नेमा पनि जोड दिनुभएको छ ।

सेन्जेनमा बुधबार एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) बैठक उद्घाटन गर्दै सीले वैज्ञानिक नवप्रवर्तन, एआई र हरित विकासमा साझेदारी बढाउन आग्रह गर्नुभयो । उहाँले चीनले विदेशी लगानी तथा व्यवसायका लागि बजार पहुँच विस्तार गर्ने बताउनुभयो ।

सीको यो आग्रह अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बिहीबार हुने अपेक्षित भेटवार्ताको पूर्वसन्ध्यामा आएको हो । दुई देशबीच व्यापार तनाव बढिरहेका बेला अमेरिकाले एआईका मोडेल प्रशिक्षण र सञ्चालनमा प्रयोग हुने उन्नत चिप्स चीन निर्यातमा थप प्रतिबन्ध लगाएको छ । चीनले भने अमेरिकी शुल्कको जवाफमा प्रतिकारात्मक कदम चालेको छ ।

गत वर्ष एपेक बैठकका क्रममा भएको व्यापार युद्ध रोक्ने अस्थायी सहमति आगामी जनवरीमा समाप्त हुँदैछ । यसैबीच, एनभिडियाले बुधबार उल्लेखनीय आम्दानी सार्वजनिक गरे पनि कम्पनीका पूर्वप्रमुख जेन्सेन हुआङको चीनका लागि जासुसी गरेको आशङ्का गरिएकी महिलासँगको सम्बन्धसम्बन्धी विवादले समाचारमा स्थान पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan