Thursday 19th of November | २०८३ मङ्सिर ३ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जोर्डनमा सैन्य अभ्यासका क्रममा हेलिकोप्टर दुर्घटना, पाँच सैनिक घाइते

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर २ बुधबार | रासस/सिन्ह्वा

जोर्डनमा सैन्य अभ्यासका क्रममा ब्ल्याक हक हेलिकोप्टर दुर्घटना हुँदा पाँच जना सैनिक घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जोर्डन सशस्त्र सेना (अरब आर्मी) ले बुधबार जनाएको छ ।
जोर्डन सशस्त्र सेनाको कमान्डले जारी गरेको विज्ञप्तिअनुसार सैन्य तालिम अभ्यासका क्रममा हेलिकोप्टर दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएका पाँचै जनालाई उपचारका लागि क्विन आलिया सैनिक अस्पताल लगिएको छ ।

घाइतेमध्ये एक जनालाई गम्भीर चोट लागेको छ भने अन्य चार जनाको अवस्था सामान्य रहेको सेनाले जनाएको छ ।
सेनाको कमान्डले घाइते सैनिकहरूको स्वास्थ्य अवस्थाबारे निरन्तर जानकारी लिइरहेको र उनीहरूलाई आवश्यक उपचार तथा स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था गरिएको जनाएको छ ।
दुर्घटनाको कारणबारे भने विज्ञप्तिमा थप विवरण सार्वजनिक गरिएको छैन ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan