Friday 20th of November | २०८३ मङ्सिर ४ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चितवनले सुदूरपश्चिमसामु १३४ रनको लक्ष्य प्रस्तुत

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ३ बिहीबार |

काठमाडौँ, ३ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज जारी खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्ससामु १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदान टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रनको योगफल बनाएको हो ।

    चितवनका लागि डेविड मलानले सर्वाधिक ७१ रन बनाए । उनले ५१ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै अविजित ७१ रन बनाए । 

    उसका लागि सलाहुद्दिन खानले १६ बलमा १८ रन तथा कमल ऐरीले ८ बलमा १० रन बनाए। त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन । त्यस्तै देव खनालले ६ रन बनाए भने क्यामिल मिश्राले ४ रन बनाए ।

    बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगेलाइनले उत्कृष्ट  ३ विकेट लिए भने थारिन्दु रत्नायकेले २ विकेट हात पारे ।

    त्यस्तै हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र ईशान पाण्डेले समान १÷१ विकेट लिए । सुदूरपश्चिम अहिले जवाफी ब्याटिङमा उत्रेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan