जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ८ मंगलबार |
काभ्रे, ८ मंसिर : धुलिखेल नगरपालिका-१२ शंखुस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४९ वर्षीय बलराम थापा समेत १६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५१ हजार ५ सय ४५ रूपैयाँ, कौडा १६ थान र १ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
