Wednesday 25th of November | २०८३ मङ्सिर ९ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दसौँ राष्ट्रिय खेलकुदः फुटबलमा त्रिभुवन आर्मी क्लब विजयी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ९ बुधबार |

कर्णाली, ९ मङ्सिरः दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तरगत आज भएको पुरुष फुटबल खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । 

कर्णाली प्रदेश रङ्गशाला सुर्खेत वीरेन्द्रनगरमा भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ३–० ले हराउँदै विजय सुरुआत गरेको हो ।

आर्मी क्लबका भरत खवासले २३औँ मिनेटमा पहिलो र लाकेन लिम्बुले ५२औँ दोस्रो मिनेटमा दोस्रो गोल हान्दै आफ्नो टोलीको जीत सुरुआत गर्नुभएको थियो ।

खेलको ६४औँ मिनेटमा भने लुम्बिनी प्रदेशका विकास लिम्बुले बल क्लियर गर्ने क्रममा आत्मघाती गोल हान्दा आर्मी क्लबको गोलमा अङ्क बढेर तीन पुग्यो ।

उक्त खेलमा लुम्बिनी प्रदेशका फागुराम थारुलाई पहेँलो कार्ड देखाइएको म्याच अफिसर वीरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।  

दोस्रो खेल कोशी र बागमती प्रदेशबीच आजै हुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan