VISA Leadership Conclave मा माछापुच्छ्रे बैंक सम्मानित
काठमाडौं, १० मंसिर । VISA Leadership Conclave मा माछापुच्छ्रे बैंक लिमिटेडले Excellence in POS Acquiring Business -Associate Client अवार्ड प्राप्त गरेको छ ।
POS Acquiring Business अन्तर्गत उत्कृष्ट कार्यसम्पादन र योगदानको कदर स्वरूप प्रदान गरिएको छ । यस सम्मानले डिजिटल भुक्तानी सेवामा माछापुच्छ्रे बैंकले हासिल गरेको उपलब्धिलाई थप उजागर गरेको छ।
यस अवार्डसँगै VISA बाट माछापुच्छ्रे बैंकले लगातार तेस्रो पटक सम्मान प्राप्त गरेको छ । यसअघि बैंकले सन् २०२४ मा Excellence in POS Acquiring Business र सन् २०२३ मा Excellence in POS Acquiring -Associate Member अवार्ड प्राप्त गरेको थियो ।
VISAबाट प्राप्त यो निरन्तर सम्मानले डिजिटल भुक्तानी प्रणालीको प्रवद्र्धन, नवीन प्रविधिको अवलम्बन तथ ाग्राहकलाई सहज, सुरक्षित र प्रभावकारी भुक्तानी सेवा प्रदान गर्ने माछापुच्छ्रे बैंकको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।
माछापुच्छ्रे बैंक यसअघि पनि Infosys Finacle Innovation Awards 2026 अन्तर्गत 'Maximizing Customer Engagement’ विधामा Platinum Award/Indian Chamber of Commerce द्वारा आयोजित Fourth Emerging Asia Banking Conclave and Awards 2026 मा 'Best Performance on Risk Management' लगायत अन्य अन्तराष्ट्रिय पुरष्कारहरु द्वारा सम्मानित भएको छ ।
