Thursday 26th of November | २०८३ मङ्सिर १० बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्वास्थ्यचौकी हस्तान्तरण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १० बिहीबार | रासस

भक्तपुर, १० मङ्सिरः जर्मन सरकारको करिब रु आठ करोडको सहयोगमा चाँगुनारायण नगरपालिका–३ झौखेलमा निर्माण भएको झौखेल स्वास्थ्यचौकीको नवनिर्मित भवन नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
    
    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका उपसचिव विशाल सुवेदीले स्वस्थ्यचौकीमा आयोजित भवन हस्तान्तरण कार्यक्रममा उक्त भवनको साँचो नगरपालिकाका प्रमुख जीवन खत्रीलाई हस्तान्तरण गर्नुभएको हो ।
    
    कूल तीन रोपनी दुई आना क्षेत्रफलमा निर्माण भएको साडे दुईतले १२ कोठे सुविधा सम्पन्न भवनमा दुई वर्ष छ महिनामा निर्माण सम्पन्न भई आज हस्तान्तरण गरिएको हो ।
    
    कार्यक्रममा नगरप्रमुख खत्रीले नवनिर्मित भवनमा सञ्चालन हुने स्वास्थ्य सेवाले झौखेल र आसपासका क्षेत्रका नागरिकको स्वास्थ्य परीक्षण एवं उपचारमा ठूलो सहयोग पुग्छ भन्दै यस भवनबाट नगर अस्पताल पुग्ने सडक निर्माण सुरु भएको बताउनुभयो ।
    
    कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं ३ झौखेलका वडाध्यक्ष श्यामसुन्दर धिमालले विगतमा दुई कोठे गोठजस्तो भवनमा स्वास्थ्य सेवा प्रवाह गर्दै आएको झौखेल स्वास्थ्यचौकीले सुविधा सम्पन्न नयाँ भवन पाएको बताउनुभयो ।
    
    अध्यक्ष धिमालले २०७८ सालमा भवन निर्माणका लागि जग्गा उपलब्ध गराउनेदेखि सबै प्रक्रिया पूरा गरेर जर्मन सरकारले नेपाल सरकारसँग सम्झौता २०८० सालमा सम्झौता गरी बोलपत्र आह्वान गरेको बताउनुभयो ।

    भवन निर्माण सुरु भएको दुई वर्षमा सम्पन्न भए पनि हस्तान्तरणको प्रक्रिया छ महिना ढिला भएको भन्दै उहाँले जर्मन सरकारले नै स्वास्थ्यचौकीका लागि आवश्यक पर्ने ल्याबको सामान, फर्निचर, एक्सरे मेसिनलगायतको व्यवस्था गर्नेगरी बजेट व्यवस्था गरेकाल स्वास्थ्य मन्त्रालयले छिटो सामान खरिद गरी हस्तन्तरण गर्न आग्रह गर्नुभयो । 
    
    उहाँले नयाँ भवनमा स्वास्थ्यचौकीलाई चिकित्सकसहितको बहिरङ्ग सेवा सञ्चालन गरी जनरल सेवा प्रदान गर्ने र जटिल रोगका लागि अन्य अस्पतालमा रिफर गर्ने गरी रिफरल सेन्टरको रुपमा विकास गर्ने लक्ष्यका साथ चिकित्सक राख्न हालका लागि रु २० लाखको बजेट व्यवस्थापन गरेको बताउनुभयो ।
    
    नगरपालिकाले सहयोग गरे यस स्वास्थ्यचौकीलाई प्रसूति सेवा सञ्चालन गर्ने गरी भौतिक पूर्वाधार तयार भएकाले सहयोगका लागि आह्वान गर्नुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan