क्यासिनोमा अनाधिकृत रूपमा नेपाली प्रवेश गराई जुवा खेल्ने/खेलाउने १२ जना पक्राउ
पर्सा, ११ मंसिर : क्यासिनोमा अनाधिकृत रूपमा नेपाली प्रवेश गरी/गराई जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा १२ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरको छ ।
पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका बस्ने ६२ वर्षीय बिजय अग्रवाल, ३० वर्षीय सन्तोष कुमार यादव, २४ वर्षीय अनुराग कुमार, ४८ वर्षीय दिपक साह, पर्सागढी गाउँपालिका बस्ने २६ वर्षीय दिनेश साह, ३७ वर्षीय प्रभु साह तुरहा, बारा कलैया उपमहानगरपालिका बस्ने ४० वर्षीय नरेश प्रसाद, काभ्रे घर भएका ४७ वर्षीय गुन्जमान मोक्तान, सिन्धुली घर भएका बस्ने २७ वर्षीय बिनोद कुमार लो, काठमाडौं घर भएका ४० वर्षीय राजेश श्रेष्ठ, बैतडी घर भएका ५४ वर्षीय तिलक प्रसाद भट्ट र सिराहा घर ४६ वर्षीय दिपक राज पराजुली रहेका छन् ।
वीरगंज महानगरपालिका-१० लोहारपट्टी चोकस्थित Fortune City Gaming Club Pvt. Ltd. मा नेपालीहरू प्रवेश गराई जुवा खेलाई रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
