Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वि.सं.२०७२ साल चैत्र १९ गते शुक्रवारको राशिफल

आजको पञ्चाङ्ग सहित

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १९ शुक्रबार |
newsabhiyan

आजको पञ्चाङ्ग :  सृष्टितोगताब्दा १ अर्ब ९५ करोड ५८ लाख ८५ हजार १ सय १६, कलेर्गताब्दा ५ हजार १ सय १६ । श्री शालिवाहनीय शाके १ हजार ९ सय ३७ कीलक नामको संवत्सर । वि.सं. २०७२ चैत्र महिनाको १९ गते शुक्रवार । श्री सूर्य उत्तरायण वसन्त ऋतु । चैत्र कृष्णपक्षको नवमी तिथि । पूर्वाषाढा नक्षत्र अहिले बिहान ९ः५७ बजेसम्म उपरान्त उत्तराषाढा नक्षत्र । परिध योग ०८ः१० बजेसम्म उपरान्त शिव योग । आनन्दादि योगमा प्रवद्र्ध योग । तैतिल करण १५ः५७ बजेसम्म उपरान्त गर करण । तदनुसार नेपालसंवत ११३६ चिल्लागा । योग संवत ३७ । ई.सं. २०१६ अप्रिल महिनाको १ तारिख । 

 
आज आकाशमा : सूर्य मीन राशिमा । चन्द्रमा साँझ १६ः२ बजेसम्म धनु राशिमा उपरान्त मकर राशिमा । मङ्गल बृश्चिकमा । बुध मीनमा । बृहस्पति सिंहमा ।  शुक्र मीनमा । शनि बृश्चिकमा । राहु सिंहमा र केतु कुम्भ राशिमा रहनेछन् । काठमाडौंमा आजको सूर्योदय अहिले बिहान ०५ बजेर ५६ मिनेटमा र सूर्यास्त साँझ १८ बजेर २१ मिनेटमा हुनेछ । 
 
आजको राशिफल : २०७२ चैत्र १९ गते शुक्रवारको राशिफल 
 
मेष राशिः 
मेष राशि हुनेहरुको लागि आज बिहान उपरान्त क्रमशः केही सहज बन्ने देखिन्छ । आफूभन्दा माथिल्लो पक्षबाट केही दबाब नहोला भन्न चाही सकिँदैन तथापि धर्मकर्ममा मन जानेछ । अध्यात्मिक तथा आस्तिक भावना बढ्ने र धार्मिक कार्यमा संलग्न हुन पाइनेछ । तीर्थ यात्राको योजना एवम् व्यवसायिक कार्यको बारेमा सरसल्लाह हुनसक्ने छ । पेशागत क्षेत्रबाट लाभ उठाउन सकिनेछ । यहाँको लागि नौ अंक र पहेलो रंग फापकर रहला भने माँ इन्द्रायणीको सेवा आराधना गर्नु शुभप्रद हुनेछ । 
 
वृष राशिः 
वृष राशिका व्यक्तिहरुको लागि आज बिहानी समय उपयुक्त रहेपनि उपरान्त विलासिता तथा राजसी आहारले क्रमशः स्वास्थ्यमा समस्या देखिनसक्ने छ । कामकार्यमा पनि विभिन्न खालका अबरोधहरुको सामना गर्नपर्ने सम्भावनालाई गोचरले देखाइरहेको छ । आज दीर्घरोगीहरुले स्वास्थ्यमा अल्लि बढी ध्यान दिन जरुरी हुनेछ । दैनिक जिविकोपार्जन आदिको विषयमा पनि समस्या थपिनसक्ने भएको हुनाले संघर्षको सामना गर्ने मानसिकतामा बस्नु उपयुक्त हुनेछ । समय प्रतिकूल छ भनेर बुझ्न नसके अशान्ति हुनेछ र बुझेर धैर्य गर्नसकेको खण्डमा भने केही सहज हुनेछ । साँझपखबाट केही सुधार आउने छ । 
 
मिथुन राशिः 
मिथुन राशिका व्यक्तिहरुको लागि आज दाम्पत्य एवम् भौतिक सुखकर रहनेछ । जीवन साथीको वा विपरित लिङ्गीको सहयोग मिल्ने वा प्रेमप्रस्ताव आउनसक्ने सम्भावना छ । विवाहयोग्य युवायुवतीको विवाह प्रस्तावको सम्भावना छ । यात्राको पनि सम्भावना देखिएछ । व्यापार व्यवसायीले राम्रो लाभ गर्नसक्नु हुनेछ । कार्यक्षेत्रमा सकारात्मक वातावरण सृजना हुनाले भौतिक उपलब्धि एवम् मानसिक शान्ति मिल्नेछ । आज यहाँहरुको लागि सात अंक, सेतो रङ्गको प्रयोग र विपरित लिङ्गीलाई उपहार दिनु आदि कार्य फापसिद्ध हुनेछ । साँझबाट भने प्रतिकूलता बढ्नसक्ने छ । 
 
कर्कट राशिः 
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन अर्थकर रहनेछ । शारीरिक एवम् मानसिक बलबृद्धि हुनेछ । सहयोगी बढ्ने, विपक्षीलाई रिझाउनसकिने र व्यवसायबाट मनग्य लाभ हातपार्न सकिने छ । आरोग्यता बढ्ने र कान्तिमा बृद्धि हुनेछ । इष्टकार्यमा सफलता हातपार्न सकिने छ भने आफूभन्दा ठूलो निकायलाई पनि सम्झौतामा ल्याउन सकिनेछ । श्री लक्ष्मीको कृपायोग परेकोले अर्थलाभ हुनेछ । सफलता एवम् लाभको कारण कर्मक्षेत्रको लागि हिम्मत र साहस बढ्ने छ । सो“चेकै कार्यमा सफलता हातपार्नको लागि आफूभन्दा ठूलो व्यक्तिको मार्गनिर्देशन लिनु अझ हितप्रद हुनेछ ।  
 
सिंह राशिः 
सिंह राशि हुनेहरुको लागि आज ज्ञानोन्मादको भावना देखिनसक्ने र कमजोरी उदांगिनसक्ने सम्भावना रहेकोले सो विषयमा ख्याल पुर्याउनु होला भने मानवीय व्यवहार र धैर्यता गर्नाले प्रतिष्ठा जोगाउन सकिनेछ । सन्तानबाट सुख र केही लाभ मिल्ला । परनिन्दाको वृतिलाई प्रसय दिँदा स्वकार्य पूरा गर्न बाधा हुने तथा आफ्नो गोपनीयता खुश्कनसक्ने कुरामा पनि ध्यान पुर्याउन जरुरी देखिन्छ । बढी बोलेर बाठो हुने मनोविज्ञानले अन्तमा पछुतो पार्नसक्ने भएकोले संयम गर्नु बुद्धिमानी हुनेछ । दैनिकी व्यवसायिक कर्मक्षेत्रबाट सामान्यतया लाभ मिल्नसक्ने छ । साँझ पछि अनुकूलता बढ्नेछ ।  
 
कन्या राशिः 
कन्या राशि हुनेहरुको लागि आजको दिन मनमा संकोचित विचार बढ्नाले सहकमीसँग विवाद हुनसक्ने कुरालाई ग्रहगोचरले लक्षित गरिरहेको हुनाले संयम रहन जरुरी हुनेछ । पारिवारिक कार्यभार बढ्नसक्ने कुरालाई नकार्न सकिन्न । अभावको विषयलाई लिएर पारिवारिक असन्तुष्टिको सामना गर्नपर्न पनि सक्नेछ । आज तपाईको पक्षमा अभिमत दिने समर्थकको अभाव खट्किन सक्ने भएकोले सम्बन्धित पक्षमा सावधानी अप्नाउनु बुद्धिमानी हुनेछ । धैयैधारणले नै प्रतिकूलता टार्नसकिने कुरालाई गुरु मन्त्र बनाउनु होला । आज यहाँलाई चार अंक, सेतो रङ्गको प्रयोग फापकर हुनेछ भने आमाको आर्शिवाद शुभकर हुनेछ । साँझपछि समयमा सुधार आउनेछ ।  
 
तुला राशिः 
तुला राशि हुनेहरुको लागि आजको दिन अनुकूल परेको छ । शरीरमा पर्याप्त रुपमा स्फुर्तिको विकास हुने र प्रसस्तमात्रामा काममा रुचि बढेर आउनेछ । शुभेच्छुकहरुबाट सहयोग मिल्ने र पेशा तथा व्यवसायबाट अर्थलाभ गर्नसकिने छ । स्वकार्यमा लगनशील रहनाले फाइदा एवम् सफलता हातपार्न सकिने छ भने क्षणिक तथा लघुकार्यहरु पूर्ण हुनेछन् । आज यहाँलाई विपक्षविरुद्धको सामनामा विजय प्राप्त हुनेछ । इष्टमित्रहरुसँग भेटघाट हुने र  कार्ययोजनाको बारेमा फलिभूतिरुपमा छलफल हुने र केही हद्सम्म निस्कर्ष पनि निकाल्न सकिने छ । शुभेच्छुकबाट मद्दत मिल्ने र आकस्मिक लाभ एवं प्रख्याति मिल्नेछ । साँझपछि भने ख्याल पुर्याउन पर्ने छ ।  
 
वृश्चिक राशिः  
वृश्चिक राशि हुने व्यक्तिहरुको लागि आज सामान्य अनुकूल देखिएको छ । वाणीदोषको संयोग पर्नसक्छ, बोलीवचनको व्यवहारमा ख्याल गर्नुहोला । व्यवसायिक कार्यमा भने प्रगति हुने देखिएको छ तथापि सन्चित धनको अपव्ययलाई भने नकार्न सकिन्न । समाजिक कार्यमा संलग्न हुने मौका मिल्नसक्ने छ । नाता–कुटुम्बिक सम्बन्धमा पनि केही सजग हुन जरुरी छ । आज यहाँको लागि दुई अंक, सेतो रंग शुभ रहने छ भने माँ इन्द्रायणी वा सन्तोषीको श्रद्धाभक्ति गर्नु गर्नुले सम्भावित दोषलाई कम गर्न मद्दत हुनेछ ।   
 
धनु राशिः 
धनुराशि हुनेहरुको लागि आज यश–कृति र सन्तोष एवम् शान्ति मिल्ने छ । मानसम्मान, पदप्रतिष्ठामा बढोत्तरी हुनेछ । स्वादिष्ट परिकारको भोजन मिल्नाले सौहार्दता र प्रसन्नता छाउनेछ । स्वकर्म एवम् व्यवसायिक क्षेत्रबाट लाभ तथा सफलता मिल्ने देखिएको छ । मनोकूल वातावरण बन्नाले आत्मिक सुख एवम् सन्तोष बढ्नेछ । नयाँ कार्य वा लगानीको लागि प्रस्ताव पनि आउनसक्ने छ भने सामाजिक कार्यमा सरिक हुनपाइने सम्भावना पनि देखिएको छ । आज यहाँको लागि एक अङ्क, रातो तथा पहेंलो रङ्गको प्रयोग र कन्यालाई दान दिनु शुभकर हुनेछ । 
 
मकर राशिः 
मकर राशि हुने व्यक्तिहरुको लागि आकस्मिक रुपमा खर्चका बहानाहरु बढ्ने र काममा अबरोध सृजना हुनसक्ने सम्भावना रहेकोले संघर्षको सामना गर्ने मानसिक तयारीमा बस्नु उपयुक्त हुनेछ । प्रतिष्ठामा ह्रास भएको महसूस हुनसक्ने छ भने  शंका एवम् मानसिक भए पैदा हुनसक्नेछ । कष्टकर दिनचर्याको अनुभूति भएपनि धैर्यधारण गर्नाले खतिक्षतिबाट जोगिन सकिने छ ।  दीर्घ रोगीले स्वास्थ्यमा पनि ख्याल पुर्याउनु पर्ला । आज यहाँलाई लागि तीन अंक, पहेंलो रङ्ग र त्याग वा दानको व्यवहार उपयुक्त हुनेछ । साँझबाट अनुकूल स्थिति सृजना हुनेछ । 
 
कुम्भ राशिः 
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन स्वकामकार्यमा प्रगति हुने गोचर परेकोछ । व्यवसाय तथा पेशाको क्षेत्रबाट आर्थिक आर्जन हुन गई गर्जो टार्नसकिने छ । लौकिक प्रख्याति बढ्ने तथा आफन्तजनको आगमनले वातावरण सौहार्द बन्ने छ ।  पुरुषार्थ बृद्धि हुने र प्रसंशा मिल्नेछ । विशेष महत्त्वपूर्ण काममा यथोचित सहयोग प्राप्ति हुनेछ । बहुआयामिक प्रगति एवं उन्नति गर्नसकिने छ । विद्यार्थीहरु परीक्षामा उर्तिण भइनेछ । रोमान्चकारी यात्राको पनि सम्भावना देखिन्छ । युवायुवतीको लागि सुमधुर प्रेमसम्बन्ध स्थापित हुने सम्भावना छ । साँझपख आकस्मिक खर्च गर्नुपर्ने हुनसक्नेछ । 
 
मीन राशि :
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन गोचरले राम्रो साथ दिएको छ । दीगो कार्यको थालनी गर्न सकिने सम्भावना छ । आफन्तीहरुको सहयोग मिल्ने हुनाले महत्त्वपूर्ण कार्य सम्पादन गर्नसकिने छ । वरिष्ठवर्गसँग संपर्क स्थापित हुनाले केही महत्त्वाकांक्षी मनोविज्ञान बढ्ने पनि सम्भावना देखिन्छ । व्यवसायले प्रसिद्धि पाउने छ । राजनीति, समाजसेवा तथा नोकरी आदि क्षेत्रमा पदप्रतिष्ठा तथा जिम्मेवारी थपिनसक्ने छ भने उपयुक्त मानसम्मान प्राप्ति हुनेछ । आज यहाँलाई एक अङ्क, रातो तथा सेतो रङ्गको प्रयोग र माँ इन्द्रायणी भगवतीको स्तुति शुभप्रद हुनेछ । 
 
आज जन्म दिन पर्ने सबैलाई न्यूज अभियान डट् कम परिवारको तर्फबाट सुस्वाथ्य एवम् दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना ....।
 

फेसबुक पेज : ज्योतीष दिपक गुरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan