वि.सं.२०७२ साल चैत्र २२ गते सोमवारको राशिफल
आजको पञ्चाङ्ग सहित
न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत २२ सोमबार |
आजको पञ्चाङ्ग : सृष्टितोगताब्दा १ अर्ब ९५ करोड ५८ लाख ८५ हजार १ सय १६, कलेर्गताब्दा ५ हजार १ सय १६ । श्री शालिवाहनीय शाके १ हजार ९ सय ३७ कीलक नामको संवत्सर । वि.सं. २०७२ चैत्र महिनाको २२ गते सोमवार । श्री सूर्य उत्तरायण वसन्त ऋतु । चैत्र कृष्णपक्षको द्वादशी तिथि । धनिष्ठा नक्षत्र अहिले बिहान ०९ः०५ बजेसम्म उपरान्त शतभिषा नक्षत्र । शुभ योग । आनन्दादि योगमा शुभ योग । कौलब करण १२ः४५ बजेसम्म उपरान्त तैतिल करण । तदनुसार नेपालसंवत ११३६ चिल्लागा । योग संवत ३७ । ई.सं. २०१६ अप्रिल महिनाको ४ तारिख ।
आज आकाशमा : सूर्य मीन राशिमा । चन्द्रमा कुम्भ राशिमा । मङ्गल बृश्चिकमा । बुध मेषमा । बृहस्पति सिंहमा । शुक्र मीनमा । शनि बृश्चिकमा । राहु सिंहमा र केतु कुम्भ राशिमा रहनेछन् । काठमाडौंमा आजको सूर्योदय अहिले बिहान ०५ बजेर ५३ मिनेटमा र सूर्यास्त साँझ १८ बजेर २२ मिनेटमा हुनेछ ।
आजको राशिफल २०७२ चैत्र २२ गते सोमवारको राशिफल
मेष राशिः
मेष राशि हुनेहरुको लागि आज दिन अनुकूल नै देखिन्छ तथापि अपेक्षा गरेजति लाभ हुनलाई अल्लि ग्रहको अबरोध देखिएको छ । तथापि केही मात्रामा आर्थिककोषमा धनद्रव्य सङ्कलन हुनेछ । व्यवसायिक व्यस्ततामा रहनुपर्ने छ । क्षणिक रुपमा भएपनि कमजोरी लुकाउन सकिनेछ । हर्ष एवम् सुखकर समाचार पनि मिल्नेछ । प्रयत्नले सहयोग जुटाउन पनि सकिनेछ । बढी इच्छाएको काम गराउन भने केही ग्रह उपचारको उपाय अवलम्बन गर्नु पर्ने देखिएको छ । सामान्यतया दैनिकी कार्यमा पुरुषार्थ बृद्धि हुने र प्रसंशा पनि मिल्नेछ । आज यहाँले दुई अङ्क, सेतो रङ्गको प्रयोग र गुरु गणपतिको साथमा आदिशक्ति भगवतीको स्तुति गर्नु शुभकर हुनेछ ।
वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन अनुकूल एवं सन्तोषप्रद छ । पेशा तथा व्यवसायको राम्रो प्रचार–प्रसार हुने तथा प्रसिद्धि र लाभांश बढ्ने छ । समाजसेवा, संघसंस्था तथा राजनीतिक क्षेत्र आदिमा संलग्नता अनुसार पदप्रतिष्ठा मिल्नसक्ने देखिन्छ । लौकिक जनजीवनमा पनि मानसम्मान र आर्थिक लाभ हुनेछ । नयाँ कामकार्यको थालनी तथा विशेष योजनामाथि चिन्तनमनन् हुने गर्नलाई पनि गोचरले मद्दत गरिरहेको छ । ईज्जत प्रतिष्ठा बढ्ने र वचस्व राख्नसकिने छ । उच्चवर्ग तथा निकायमा रहेका व्यक्तित्त्वहरुसँग संपर्कविस्तार हुनसक्ने छ । राज्यक्षेत्रबाट सम्पादन गर्नपर्ने कार्य गर्न सकिने छ। सौहार्द वातावरण बन्ने र शारीरिक सुख एवं मानसिक शान्ति मिल्नेछ ।
मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आज थोरैले चित्त बुझ्न कठिन धेरै प्राप्तहुन गा¥हो हुने दिन छ । निर्वाह चल्ने र गर्जोसम्म टर्नेछ । माथिल्लो निकायबाट अनपेक्षित रुपमा दबाब आउनसक्ने गोचर देखिएको छ ख्याल पुर्याउनु पर्नेछ । ईष्र्यालु तथा कमजोरी खोज्नेहरु पनि सक्रिय रहनसक्ने छन् सावधानी रहनुपर्ला । मिथ्या आरोप आइलाग्नसक्ने सम्भावनालाई पनि नकार्न सकिन्न । शुरुशुरुमा भयत्रासको वातावरण सृजना भएपनि सत् प्रयत्न गर्नाले परिणाम सुखद ल्याउन सकिनेछ । औपचारिक कार्यक्रम आदिमा सहभागी हुनुपर्ने सम्भावना पनि रहेको छ । आस्तिक भावना बृद्धि हुनाले धर्मकर्म बढ्नेछ तथा केही धनलाभ र धर्म आर्जन गर्न सकिनेछ । आज यहाँले भगवान गौरीशङ्करको श्रद्धाभक्ति गर्नु शुभकर हुनेछ ।
कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आज त्यति अनुकूल मान्न नसकिने दिन देखिएको छ । सोँचेभन्दा बढी संघर्ष गर्नुपर्ने तथा स्वास्थ्यमा पनि समस्या देखिने र कार्यक्षेत्रमा अबरोध सृजना हुनसक्ने सम्भावना छ । आज दीर्घरोगीहरुले आफ्नो स्वास्थ्यको निकै ध्यान पुर्याउनु उपयुक्त हुनेछ भने आहारविहारमा पनि सजगता अप्नाउनु बुद्धिमानी हुनेछ । सकारात्मक समय नरहेकोले हतार नगरी धैर्यधारणा गर्नु नै श्रेष्कर हुनेछ । आज यहाँहरुको लागि आठ अंक, रातो रङ्गको प्रयोग एवम् बाधाबिघ्न निवारको लागि भगावन गौरीशङ्कर भगवानको भक्तिभाव तथा स्तुति गर्नु शुभकर हुनेछ ।
सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आज भौतिक कर्मको लागि उपयुक्त रहने दिन देखिएको छ । व्यापार तथा व्यवसायिक उन्नति हुनाले आर्थिक लाभ मिल्नेछ । पारिवारिक कर्तव्य पूरा गर्नपनि सकिने छ । सांसारिक सुखभोगले मनमा बढी प्रभाव पार्नेछ । दाम्पत्य भूमिकामा बृद्धि हुने तथा प्रेमसम्बन्धलाई समय दिनपर्ने छ । कोसेली प्राप्ति तथा आतिथ्यताको निम्तोको सम्भावना छ । आज यहाँलाई सात अंक, सेतो रङ्ग अनुकूल रहने छ भने दाम्पत्य जीवनमा दोष पर्नेहरुले भगवान शिवको श्रद्धाभक्ति तथा दर्शन गर्नु हितकर हुनेछ ।
कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आज केही पराक्रम बढ्ने दिन रहेको छ । तथापि मुख्य एवम् महत्त्वपूर्ण काममा संघर्ष देखिएको छ, जस निवारणको लागि गुरुजनको आर्शिवाद लिनु र भैरवदेवलाई खुशि बनाउनु बुद्धिमानी हुनेछ । बाँकी गोचर स्थिति अनुकूल नै छ । शारीरिक बल बढ्ने, शत्रु मुकाविलामा वियजी भइने, आँटेताकेको काम अगाडि बढ्ने देखिन्छ । व्यापार व्यवसाय तथा पेशाकर्ममा सफलता र लाभ मिल्ने छ । समर्थक बढ्नेछन् । यात्रा योजनाको पनि सम्भावना देखिएको छ । घमण्ड नगर्ने र समयको सदुपयोगमा ध्यान दिने गर्नु आज यहाँको लागि बुद्धिमानी हुनेछ ।
तुला राशिः
तुला राशि हुनेहरुको लागि आजको दिन आत्मप्रशंसाको आसक्तिको मनोविज्ञानले आफ्नै व्यक्तित्त्वमा ह्रास ल्याउन सक्नेछ । अपूर्णताको महसूस गराउने गोचर परेकोले केही भौतिक पदार्थको अभाव खट्किन पनि सक्नेछ । ज्ञानोन्माद बढ्नसक्ने र कसैकसैलाई अरु खाइस बुद्धि आफू खाइस रीश भनेजस्तो पर्नसक्ने भएकोले कामकार्य तथा जनव्यवहारमा व्यवहारिकतालाई जोड् दिनु बुद्धिमानी र हितकर हुनेछ । विद्वतताको घमण्ड गर्दा स्थापित परिचयमा आ“च आउनसक्ने र अन्तिममा मनोवैज्ञानिक पश्चाताप पर्नसक्ने भएकोले आज निकै होस पूर्वक अघि बढ्नु होला । आज यहाँको लागि पाँच अङ्क, रातो र सेतो रङ्गको प्रयोग गर्नु फापसिद्ध हुनेछ भने विद्यार्थीलाई दान दिनु पूण्यकर हुनेछ ।
वृश्चिक राशिः
वृश्चिक राशि हुने व्यक्तिहरुको लागि आज अल्लि संघर्ष गर्नुपर्ने गोचर परेको छ । विवाद गराउने भूमिका निर्वाह गरेको ग्रहयोग परेकोले आज साथीभाई–सहकर्मी–सँधियार–आदिसँगको व्यवहारमा होशियारी र सतर्कता अप्नाउन जरुरी देखिन्छ । कामकार्यमा अड्चन आउनसक्छ । अल्मल्याउने र अबरोध गर्ने तथा ईष्या गर्नेहरु पनि आइलाग्नसक्ने छन् । धेरै संघर्षले थोरैमात्रै लाभ मिल्नसक्ने छ । दिन विपरितपरक रहेकाले जोशमा आएर होस गुमाउने र पछि पछुताउने हुनसक्ने छ समयमै होस पुर्याउनु होला । बाधाब्यबधान तथा शङ्काउपशङ्काको बाबजुतपनि समयलाई बुझेर आफ्नो कार्यमा लगनशील हुनाले केही उपलब्धि भने हात पार्नसकिने छ ।
धनु राशिः
धनुराशि हुनेहरुको लागि आज पराक्रम बढेर आएकोले सानातिना काममा सहजै सफलता मिल्नेछ भने नविन कार्ययोजनाको जमर्को तथा प्रस्ताव पनि आउनसक्ने छ । उत्साह तथा उमङ्गिलो दिन परेकोले समयको सदुपयोग गर्नाले व्यवसायिक प्रगती तथा लाभ हुने र सन्तुष्टि मिल्नेछ । सहयोग पनि प्राप्त गर्नसकिने साथै परिश्रमले सफल भैनेछ । प्रतिस्पर्धा तथा खेलकुद आदिमा सफलता मिल्ने छ भने अभिष्ट कार्य सिद्धि हुनेछ । पुरुषार्थ गर्नसकिने छ भने सफलता आदिको कारणले केही महत्त्वाकांक्षा पनि बढ्नेछ । दाजुभाईबीचको द्वन्द पनि सुल्झने गोचरको प्रभाव देखिएको छ । आज तीन अङ्क, हरियो रङ्गको प्रयोग तथा माता भवानीको स्तुति यहाँको लागि शुभप्रद हुनेछ ।
मकर राशिः
मकर राशि हुने व्यक्तिहरुको लागि सामान्य अनुकूल देखिएको छ । बोलीवचनको अपव्याख्या हुनसक्ने सम्भावनालाई नकार्न सकिन्न ख्याल गर्नुहोला । व्यवसायिक कार्यमा भने केही प्रगति हुने देखिएको छ तथापि सन्चित धनको अपव्यय हुनसक्ने सम्भावना पनि देखिएको छ । परोपकार एवम् समाजिक सेवामा संलग्न हुने मौका मिल्नसक्ने छ । नाता–कुटुम्बिक सम्बन्ध विस्तारमा पनि सजग हुन जरुरी देखिएको छ । वाकवृति हुनेहरुले अल्लि ख्याल पुर्याउनु पर्ने दिन रहेको छ । संयम पूर्वक स्वकर्ममा रत्रहनेहरुको लागि दिन ठिकै रहनसक्ने छ । आज यहाँको लागि दुई अंक, सेतो रंगको उपयुक्त रहने छ भने भगवान गौरीशङ्करको श्रद्धाभक्ति शुभप्रद हुनेछ ।
कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन अनुकूल परेको छ । दिन रमाइलो एवम् उमङ्गिलो र सौहार्दपूर्ण रहनेछ । कार्यक्षेत्रमा अनुकूल वातावरण बन्नेछ । हितैषी जनहरुसँगको भेटघाटले खुशी छाउनेछ । कामकार्यमा पनि व्यस्त हुन पाइनेछ । निमन्त्रणा तथा स्वागत सत्कारको मेजमानी एवम् उपहार आदि मिल्ने पनि सम्भावना रहेको छ । सहयोगी भेटिने र व्यापार एवम् व्यवसायिक कार्यबाट राम्रो फाइदा फाइदा उठाउन सक्नुहुनेछ । पद तथा जिम्मेवारी पनि थपिन सक्ने गोचरले संकेत गरिरहेको देखिन्छ । यहाँहरुको लागि आज एक अंक, रातो रङ्ग र इष्टदेवताको श्रद्धाभक्ति तथा सेवा उपयुक्त रहनेछ ।
मीन राशि :
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन सामान्य कार्यलाई पनि बढीनै यत्न गरेरमात्रै सफलता पाउन सकिने खालको दिन रहेको छ । हतारमा र विना जरुरी फजुलका कार्यमा चेष्टा नगरेकै राम्रो हुनेछ । बुद्धिको भरपुर प्रयोग गरेर अनावश्यक रुपमा धनको क्षति हुने तथा पश्चातापमा पर्न सकिने सम्भावनालाई हटाउन कोसिस गर्नुपर्ला । तीर्थ गमन वा मान्यजनको दर्शनभेटको लागि यात्रा गर्नुले खर्चयोगको सदुपयोग हुनसक्ने छ । यहाँको लागि आज ३ अंक र पहेंलो रंग हितकर हुनेछ भने भगवान गारीशङ्करका भक्तिभाव गर्नु विशेष हितकर हुनेछ ।
आज जन्म दिन पर्ने सबैलाई न्यूज अभियान डट् कम परिवारको तर्फबाट सुस्वाथ्य एवम् दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना ....।
फेसबुक पेज : ज्योतीष दिपक गुरु
