वि.सं.२०७२ साल चैत्र २१ गते आइतवारको राशिफल
आजको पञ्चाङ्ग सहित
न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत २१ आइतबार |
आजको पञ्चाङ्ग : सृष्टितोगताब्दा १ अर्ब ९५ करोड ५८ लाख ८५ हजार १ सय १६, कलेर्गताब्दा ५ हजार १ सय १६ । श्री शालिवाहनीय शाके १ हजार ९ सय ३७ कीलक नामको संवत्सर । वि.सं. २०७२ चैत्र महिनाको २१ गते आइतवार । श्री सूर्य उत्तरायण वसन्त ऋतु । चैत्र कृष्णपक्षको एकादशी तिथि । श्रवण नक्षत्र अहिले बिहान ०९ः४३ बजेसम्म उपरान्त धनिष्ठा नक्षत्र । साध्य योग । आनन्दादि योगमा गद योग । बव करण १४ः१४ बजेसम्म उपरान्त बालब करण । तदनुसार नेपालसंवत ११३६ चिल्लागा । योग संवत ३७ । ई.सं. २०१६ अप्रिल महिनाको ३ तारिख ।
आज आकाशमा : सूर्य मीन राशिमा । चन्द्रमा राती २१ः२९ बजेसम्म मकर राशिमा उपरान्त कुम्भराशिमा । मङ्गल बृश्चिकमा । बुध मेषमा । बृहस्पति सिंहमा । शुक्र मीनमा । शनि बृश्चिकमा । राहु सिंहमा र केतु कुम्भ राशिमा रहनेछन् । काठमाडौंमा आजको सूर्योदय अहिले बिहान ०५ बजेर ५४ मिनेटमा र सूर्यास्त साँझ १८ बजेर २२ मिनेटमा हुनेछ ।
आजको राशिफल २०७२ चैत्र २१ गते आइतवारको राशिफल
मेष राशिः
मेष राशि हुनेहरुको लागि आज उच्च वर्ग तथा पदस्थ व्यक्तित्त्वसँग संपर्कविस्तार हुने र सौहार्द वातावरणको निर्माण हुने गोचर परेको छ । पेशा एवं व्यवसायबाट आशातित लाभ गर्न सकिने हुनाले भावीकार्यमा आत्मबल बढ्ने र सन्तुष्टि मिल्ने देखिन्छ । आफन्तीहरुबाट सहयोग पनि मिल्ने तथा वरिष्ठ पद एवं जिम्मेवारी मिल्ने गोचर परेकोले राजनीति एवं समाजसेवामा पदप्रतिष्ठा थपिने छ । राम्रो तवरबाट लौकिक प्रख्याती बढ्न जाने छ । उत्तम समय रहेकोले अवसरको सदुपयोग गर्न जानेमा दीर्घकार्यको शुरुवात हुनसक्नेछ । राज्यबाट लाभ उठाउनसकिने छ भने उद्यमको विकास गर्न सकिने छ ।
वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आज ईष्र्यालु तथा कमजोरी खोज्नेहरू सक्रिय देखिने भएकाले सावधानी रहनुपर्ला । मिथ्या आरोप आइलाग्नसक्ने सम्भावना भएकोले होसियारी जरुरी हुनेछ । शुरुशुरुमा भयत्रासको वातावरण सृजना भएपनि सत् प्रयत्न गर्नाले परिणाम सुखद ल्याउन सकिनेछ । औपचारिक कार्यक्रम आदिमा सहभागी हुनुपर्ने सम्भावना पनि रहेको छ । आस्तिक भावना बृद्धि हुनाले धर्मकर्म बढ्नेछ तथा केही धनलाभ र धर्म आर्जन गर्न सकिनेछ । गोचरमा राहु तथा केतु ग्रहको भूमिका विपरित रहेकोले आज ती ग्रहको नाममा भैरवदेवको दर्शनभक्ति गर्नु हितप्रद हुनेछ ।
मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आज सोँचेभन्दा बढी संघर्ष पर्ने खालको देखिएको छ । स्वास्थ्यमा प्रतिकूलता पर्नसक्ने सम्भावना रहेकोले आहारविहारमा ख्याल पुर्याउन जरुरी हुनेछ । कार्यक्षेत्रमा पनि केही अबरोध सृजना हुनसक्ने तथा काम बिग्रनसक्ने छ, हतार नगर्नु नै बुद्धिमानी हुनेछ । धैर्यता र संयमले तनावलाई व्यवस्थापन गर्नु उचित हुनेछ । विभिन्न तनाब व्यहोर्न पर्नसक्ने कुरालाई गोचरले लक्षित गरिरहेको छ । आज यहाँले सूर्यनारायणलाई अघ्र्य दिनु तथा स्तुति गर्नु उपयुक्त हुनेछ । भने मान्यजनको आर्शिवाद लिनु पनि शुभकर हुनेछ ।
कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन आमोद–प्रमोद तथा विलासवृति बढ्ने ग्रहप्रभाव रहेको छ । पेशा एवम् व्यवसायिक क्षेत्रबाट भौतिक उन्नति तथा लाभ गर्नसकिने छ । सुखसन्तोष कर सन्देश प्राप्त हुनेछ । विवाह आदि माङ्गलिक कार्यमा सरिक हुनसकिने छ । कार्यक्रम आदिमा संलग्न हुन पर्नसक्ने सम्भावना पनि देखिन्छ । भ्रमण आदिको संयोजलाई पनि ग्रहगोचरले लक्षित गरिरहेको छ । विवाहयोग्य उम्मेदवारको लागि विवाहको प्रस्ताव आउनसक्ने छ । आज यहाँलाई सात अंक, उज्यालो रङ्ग र विपरितलिङ्गी सँगको सहकार्य फापसिद्ध हुनेछ ।
सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आज व्यवसायिक प्रगति हुनगइ राम्रोमात्रामा धनार्जन हुने एवम् सन्तुष्टि मिल्ने छ । विरोधीसँगको प्रतिस्पर्धा गर्ने क्षमता बढ्ने तथा विजय मिल्ने छ । लौकिक प्रभुत्व बढ्ने तथा शत्रुपक्षलाई झुकाउन सकिने योग परेको छ । व्यापारीलाई यथेष्ट लाभ हुनसक्ने छ भने उद्यमको विकास र प्रख्याति बढ्ने देखिन्छ । शारीरिक स्वास्थ्यमा आरोग्यता बृद्धि हुनगइ यथेष्ट आत्मबल बढ्ने छ । आ“टसाहसले कार्य संपादन गर्नसकिने छ । अनुहारमा कान्ति बढ्ने तथा मान्छेहरु आकर्षित हुनेछन् । मनोरम स्थानको यात्रा हुने र प्रेमीबाट प्रेमसुख प्राप्त हुनेछ । गौरवानुभूति हुने दिन छ ।
कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन अपेक्षित विषयमा नभए पनि अर्कोतर्फ काम बन्नसक्ने छ । गम्भीरताले विद्यार्थी वर्गले विद्यार्जनमा प्रगति गर्नसकिने छ । बिटमार्न अल्लि कठिन पर्नसक्ने ग्रहगोचरको प्रभाव भएकोले आवश्यकभन्दा बढी विषयमा प्रवेश नगरेको राम्रो हुनेछ । आज तपाईको व्यवहारमा आत्मप्रसंशाको मनोभाव झल्किन सक्नेछ र मुल्याङ्कनमा ह्रास आउनसक्ने छ, होसियारीले व्यवहार गर्नु उपयुक्त हुनेछ । अर्काको चियोचर्चामा भुल्दा आफ्नै कार्य अधुरो रहनसक्ने तर्फ पनि ख्याल पुर्याउनुहोला । आज यहाँको लागि पाँच अंक, रातो रङ्ग र सूर्यदेवको स्तुति शुभ हुनेछ ।
तुला राशिः
तुला राशि हुनेहरुको लागि आजको दिन पारिवारभित्र तथा स्वजन र छिमेकीसँग असमझदारी बढ्नसक्ने छ । कामकार्यमा अबरोध आइलाग्न सक्ने हुनाले संयम र होसियारी अप्नाउनु बुद्धिमानी हुनेछ । विद्याको घमण्ड गर्दा तथा वाकचतु¥याई गर्न खोज्दा आफैलाई हानी हुने सम्भावना छ ख्याल पुर्याउनु होला । समझदारी हुन गा¥हो देखिएकोले वार्ता निस्कर्षहीन हुनसक्ने सम्भावना रहेको छ । दिन विपरित रहेकोले हतारमा होस गुमाउने र फुर्सदमा पछुताउने सम्भावना देखिन्छ, समयमै सावधनी अप्नाए सम्भावित पश्चातापबाट बच्नसकिने छ । शङ्काले लङ्का जलाउने जस्तो पर्नसक्छ निकै विचार पुर्याएर व्यवहार गर्नुहोला । धैर्यगर्नाले थोरै भएपनि उपलब्धि हात पार्नसकिने छ ।
वृश्चिक राशिः
वृश्चिक राशि हुने व्यक्तिहरुको लागि आज आ“टजोशजा“गर र पराक्रम बढाउने ग्रह परेको छ । नविन कार्ययोजना बन्नाले महत्त्वाकांक्षा पनि बढ्नसक्ने देखिन्छ । व्यवसायमा प्रगति तथा लाभ एवं सफलता र श्रीबृद्धि हुनेछ । स्फुर्तिकर ग्रहयोग परेकोले पौरख प्रदर्शन गर्नसकिने र प्रशंसा पनि मिल्ने छ । समाजसेवा तथा राजनीति एवम् सामाजिक संघसंस्था आदिको कामकार्यमा पदप्रतिष्ठा र जिम्मेवारी मिल्नसक्ने छ । व्यवसायिक उन्नति हुनेछ भने अड्केर रहेको काम बन्नेछ । पेशा एवम् व्यापार व्यवसायबाट राम्रै लाभ गर्न सकिने छ । परिवारिक सदस्य वा स्वजनको बृद्धि हुने तथा कामकार्यमा साथ मिल्नेछ । प्रतिस्पर्धामा सफल, व्यवसायिक लाभ, रोकिएको काम बन्ने, विजय एवम् प्रशंसा–पुरस्कार र व्यवसायिक लाभ मिल्नेछ ।
धनु राशिः
धनुराशि हुनेहरुको लागि आज अल्लि अलमले दिन रहनेछ । भरविश्वास गरिएको आफन्तबाटै धोखा हुनसक्ने सम्भावना देखिएकोले कसैबाट कुनै अपेक्षा नगर्दा नै सुख होला । वाक्दोषको योग समेत परेकोले आफ्नै वोलीवचनले दुख पाइनसक्छ, वाणीव्यवहारमा ख्याल गर्नुहोला । अल्लि राजसिक एवम् तामसिक आहारमा मन जानपनि सक्ने तथा धनोन्माद् बढ्ने र सञ्चित धनको अपव्यय गराउने कुरालाई पनि गोचरले संकेत गरेको छ । उत्तेजनात्मक स्वभावलाई संयम गर्नुपर्ला अन्यथा न्याउरीमारी पछुतो पर्नसक्ने छ । आज यहाँलाई दुई अङ्क, सेतो तथा रातो रङ्गको उपयोग र सूर्य भगवानको श्रद्धाभक्ति शुभकर हुनेछ ।
मकर राशिः
मकर राशि हुने व्यक्तिहरुको लागि सुध्रिएको मान्न सकिन्छ । सामाजिक मानप्रतिष्ठा बृद्धि हुनेछ । कामकार्यमा सफलता मिल्नाले यथोचित रुपमा धनलाभ हुने र भौतिक सुख मिल्नेछ । स्वादिष्ट भोजनको अवसर जुट्नसक्ने छ । आज यहाँको बोली व्यवहार आदिमा आकर्षणशक्ति बढ्नसक्ने हुनाले मान्छेहरु प्रभावित हुनेछन् । लाभ एव् सफलताको कारण मनमा उत्साह थपिनेछ । नया“ पेशा तथा व्यवसायको बारेमा पनि योजना तथा विचार हुनसक्ने छ । औपचारिक कार्यक्रम आदिमा सहभागी हुनपर्नसक्ने छ भने यशकृति तथा पदप्रतिष्ठा पाइने र प्रसन्नता बढ्नेछ ।
कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिनलाई त्यति सहजरुपमा लिन अल्लि नमिल्ने गोचर परेको छ । खर्चका बहानाहरु बढ्ने र कामकार्यमा बाधाव्याबधान आइपर्ने छन् । कार्यक्षेत्रमा अपजशको सामना पनि गर्न नपर्ला भन्न सकिन्न । नसो“चेको विपरित हुनसक्ने सम्भावना पनि देखिएको छ, संहालिन जरुरी हुनेछ । संघर्ष गर्नुपर्ने तथा समस्या, शंका–भय जस्ता वातावरणसँग जुध्न आत्मबल बढाउने तथा आत्मबल नगिराउने गर्नुपर्ला । धैर्यतापूर्वक स्वकर्ममा तल्लिन हुनाले केहीहद्सम्म लाभ गर्न सकिने छ । आज यहाँको लागि तीन अङ्क, पहेंलो रङ्गको प्रयोग र सूर्यदेवको स्तुति फापसिद्ध हुनेछ ।
मीन राशि :
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन लक्ष्मीकृपाको योग परेको देखिन्छ । तसर्थ व्यवसायिक क्षेत्रबाट राम्रो लाभ गर्नसकिने छ । परीक्षा एवम् प्रतिस्पर्धामा उर्तिण तथा विजयी हुनसकिने छ भने सन्तानको पक्षबाट पनि सन्तोष मिल्नेछ । अधुरा रहेका कामहरुलाई पूर्णता दिने गरी दिनको सदुपयोग गर्नाले अझ बढी सन्तोष लिनसकिने छ । विवाह योग्य युवायुवतीको लागि पनि जोडी भेटिन सक्ने ग्रहप्रभाव रहेको छ । आज यहाँलाई दुई अंक, सेतो रङ्गको प्रयोग शुभ हुनेछ भने माँ लक्ष्मीको वन्दना थप लाभप्रद हुनेछ ।
आज जन्म दिन पर्ने सबैलाई न्यूज अभियान डट् कम परिवारको तर्फबाट सुस्वाथ्य एवम् दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना ....।
फेसबुक पेज : ज्योतीष दिपक गुरु
