Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सांगीतिक प्रस्तुति दिन नेपाल आउदै चर्चित गायक विनीत सिंह

न्यूजअभियान | प्रकाशित मिति : २०८० मङ्सिर ११ सोमबार |
newsabhiyan

काठमाडौंँ । भारतीय लोकप्रिय गायक विनित सिंह नेपाल आउने भएका छन् । उनी आफ्नो ब्याण्ड सहित सांगीतिक प्रस्तुतिका लागि नेपाल आउन लागेका हुन् ।

दरबारमार्गस्थत कल्ब प्लाटिनममा आगामी डिसेम्बर २ (मंसिर १६ गते) शनिबार आयोजना हुने ‘विनिथ सिंह लाइभ इन नेपाल’ कार्यक्रममा उनले आफ्नो चर्चित गीतसंगीत राख्नेछन् ।

विनित बलिउडमा दर्जनौ भन्दा बढी गीतसंगीत गाएर चर्चामा छन् । २००३ देखि हालसम्म उनको गति युवापुस्ताले धेरै रुचाउदै आएका छन् । एल एण्ड एन मोडेल एजेन्सीको आयोजना रहेको कार्यक्रमले सांगीतिक मनोरञ्जन दिलाउनुको अलवा नेपालमा पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने आयोजकको विश्वास लिएको छ । कार्यक्रमको टिकट एभेन्टोज नेपालले जिम्मा लिएको छ ।

कार्यक्रमको सिलसिलामा तीन दिन नेपाल बस्ने विनितको नेपाल बसाइको क्रममा पशुपतिनाथ दर्शन, नेपाली खानाको स्वाद लिने र पर्यटकिय स्थलको भ्रमण गर्ने  समेत कार्यक्रम रहेको आयोजक टोलीका सानु खानले जानकारी दिए ।

विनितले कार्यक्रममा ‘तेरा प्यार प्यार  हुक्कः बार’, ‘तुम चैन हो करार हो’, ‘जलते दिए’, ‘प्रेम लिला’, ‘तु कमाल दि कुडी’ जस्ता गीत गाउने एल एन्ड एन मोडेल एजेन्सीका प्रबन्ध निर्देशक नितिन कायस्थले बताए ।

विनितको कार्यक्रमले नेपालको अर्थतन्त्रलाई केही टेवा पुग्ने  बिश्वास आयोजकको रहेको छ । कार्यक्रममा विनितको अलवा नेपालका चर्चित गायक गायिकाको समेत प्रस्तुति रहने कल्ब प्लाटिनमका संचालक डेभिल सिंह राजपुतले बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan