Monday 12th of October | २०८३ असोज २६ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘साथी राइड’को शुभारम्भसँगै चलचित्र कलाकार संघको बडादशैं शुभकामना आदानप्रदान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २६ सोमबार |

 

काठमाडौं। नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली चलचित्र क्षेत्रमा ‘त्रिदेवी’ उपनामले प्रसिद्ध वरिष्ठ कलाकारहरू भुवन चन्द, चैत्यदेवी सिंह र बसुन्धरा भुसालले संयुक्त रूपमा ‘साथी राइड’को शुभारम्भ गर्नुभएको हो।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट चलचित्रकर्मी, कलाकार, प्राविधिक, लेखक, पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले हालैका प्राकृतिक विपत्ति तथा बुढीगण्डकी नदीमा आएको बाढीले जनजीवन प्रभावित बनाएको सन्दर्भ उल्लेख गर्दै यस वर्षको दशैं सचेतना र संयमताका साथ सामान्य रूपमा मनाउनुपर्ने धारणा राख्नुभयो। उहाँहरूले चाडपर्वमा अनावश्यक तडकभडक गर्नुभन्दा नेपाली कला, संस्कृति, परम्परा र मौलिकताको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

विशिष्ट चलचित्रकर्मी कृष्ण मल्ल, लय संग्रौला, रविन्द्र खड्का, आकाश अधिकारी, भूईंसाल लामा, मनोज आचार्य र घनश्याम खतिवडालगायतले कला, संस्कृति र चलचित्रले समाजको जनजीवन, भावना र अवस्थालाई प्रतिबिम्बित गर्ने बताउनुभयो। उहाँहरूले नेपाली जनशक्ति र प्रविधिको अधिकतम उपयोग गर्दै स्वदेशी सेवा तथा उत्पादनको प्रवर्द्धन गर्नुपर्ने धारणा समेत व्यक्त गर्नुभएको थियो।

संघका अध्यक्ष केसीले घटस्थापनाको अवसरमा बडादशैंको शुभकामना आदानप्रदान गर्नुका साथै नेपाली जनशक्ति, रोजगारी र अर्थतन्त्रलाई आधार बनाएर अघि बढिरहेको साथी मोबिलिटी प्रा.लि.को ‘साथी राइड’ शुभारम्भ गर्ने अवसर जुटाइएको बताउनुभयो। उहाँले स्वदेशी प्रविधि र सेवाको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकतासमेत औंल्याउनुभयो।

कार्यक्रममा राइजिङ स्टार बोर्डिङ स्कुल र एनके डान्स ग्रुपले सामूहिक नृत्य प्रस्तुत गर्नुभयो भने सविता कार्की र सम्वृद्धि भण्डारीले दशैं विशेष एकल नृत्य प्रस्तुत गर्नुभएको थियो। उहाँहरूको प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

त्यसैगरी, कार्यक्रममा प्रख्यात गायक तथा गायिकाहरूले विशेष सांगीतिक प्रस्तुति दिनुभएको थियो। गायकहरू आनन्द कार्की, राजन चौलागाई, विनोद ढकाल, सुमित खड्का र कृष्णराज भण्डारी तथा गायिकाहरू सारिका घिमिरे र अनु गौतमले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्नुभयो। उहाँहरूको सांगीतिक प्रस्तुतिले कार्यक्रममा सहभागीहरूलाई मनोरञ्जन प्रदान गर्नुका साथै दशैंको माहोललाई थप उल्लासमय बनाएको थियो।

कार्यक्रममा साथी राइड एप डाउनलोड गर्ने राइडर तथा प्रयोगकर्तामध्ये पाँच-पाँच जनालाई गोलाप्रथामार्फत पुरस्कार प्रदान गरिएको थियो। राइडरहरूलाई हेलमेट तथा प्रयोगकर्ताहरूलाई एयरबड वितरण गरिएको थियो। कार्यक्रममा विशेष सांस्कृतिक प्रस्तुति दिने सहभागीहरूलाई प्रमाणपत्र तथा विशिष्ट कलाकर्मीहरूलाई सम्मानस्वरूप कप प्रदान गरिएको थियो।

कार्यक्रममा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष दिनेश डिसी, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का पूर्वअध्यक्ष तथा साहित्यकार राधेश्याम लेकाली, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, गीतकार संघका अध्यक्ष वसन्त बित्यासी थापा, चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामी र नेपाली चलचित्रकर्मीहरूको अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष लव प्याकुरेललगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी, कलाकारहरू पुजना प्रधान, तेजुला खतिवडा, पवन के.सी., श्रीदेव भट्टराई, रवी गिरी, जिवन थापा, ईन्द्र लामा ‘खम्बे’, नविन श्रेष्ठ, सुलेमान संकर, छुल्ठिम गुरुङ, पुरन जोशी, लव शर्मा, किरण केसी, एनबी महर्जन, आरपी पन्त, बसन्त खत्री, रामशरण जंगम, सुवाष गजुरेल, उत्सव के.सी., माधव खरेल, अमर वली, अमृतमान महर्जन, भोला अधिकारी, मिना पुरी, जयन्त रेग्मी, देवेन्द्र पाण्डे, कमलकान्त मैनाली, सपना श्रेष्ठ, पुकार भट्टराई, मानबहादुर थापा, नम्रता खरेल, दिनेश अवाल, सुमन सागर, दिपक अधिकारी, सुपा खनाल, रामेश्वर बुर्लाकोटीलगायत चलचित्रकर्मी तथा कलाकारहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन संघका सचिव गोपाल ढकाल ‘छन्दे’ले गर्नुभएको थियो। साथी मोबिलिटी प्रा.लि.को विशेष सहयोगमा सम्पन्न कार्यक्रमले ‘साथी राइड’को प्रयोग विस्तार गर्नुका साथै नेपाली प्रविधि, स्वदेशी सेवा, रोजगारी र अर्थतन्त्रको प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan