Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बागमती प्रदेश सरकार गठनमा दलहरूको छलफल

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ११ सोमबार | (रासस)

बागमती, ११ साउनः बागमती प्रदेशमा सरकार गठनका लागि दलहरु  छलफलमा जुटेका छन् । 

यसअघि नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले नेपाली  कांग्रेसलाई दिएको समर्थन फिर्ता लिएपछि सो प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरु छलफलमा जुटेका हुन् । 

बागमती प्रदेशसभामा कुल १०४ सदस्य छन् । नेपाली कांग्रेस ३६, नेपाली कम्युनिष्ट पार्टी २६, नेपाल कम्युनिष्ट पार्टी (एमाले) २५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग १२, नेपाल मज्दुर किसान पार्टी (नेमकिपा) सँग तीन र हाम्रो नेपाली पार्टीसँग दुई सिट रहेको छ ।

बागमती प्रदेशसभामा सरकार गठनका लागि ५३ जना सांसदको समर्थन आवश्यक पर्छ ।
नयाँ सरकार गठनका लागि नेकपा (एमाले) र नेकपाबीच सत्ता गठबन्धनको सहमति भए पनि बागमतीमा यी दुई दलबाट मात्र सरकार बन्ने अवस्था छैन । 

नेकपा (एमाले)ले सरकार गठनका लागि नेकपासहित साझेदारीको सम्भावना रहेका दलसँग निरन्तर छलफल गरिरहेको नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बताउनुभयो ।

प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि छलफल अघि बढाएको नेपाली कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक पुकार महर्जनले बताउनुभयो ।

कांग्रेसले सरकार गठनका सम्बन्धमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेमकिपा र हाम्रो नेपाली पार्टीसँग छलफल गरिरहेको उहाँले बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan