Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशन असोज १७–१८ गते, केन्द्रीय समितिको बैठकले गर्‍यो मिति तय

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १२ मंगलबार |
newsabhiyan

काठमाडौं, १२ साउन । नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशन आगामी असोज १७ र १८ गते सम्पन्न गर्ने निर्णय गरिएको छ।

काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकले संगठनको केन्द्रीय महाधिवेशन उक्त मितिमा आयोजना गर्ने निर्णय गरेको हो।

 बैठकले महाधिवेशनलाई भव्य, व्यवस्थित र सफल बनाउन आवश्यक तयारीलाई तीव्रता दिने तथा त्यसका लागि विभिन्न उपसमिति गठन र जिम्मेवारी बाँडफाँट गर्ने विषयमा समेत छलफल गरि टुंगाइने अध्यक्ष शिव लम्सालले जानकारी दिनुभयो ।

महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनसँगै संगठनको भावी कार्यदिशा, पत्रकारितासम्बन्धी समसामयिक विषय तथा संगठन सुदृढीकरणका एजेन्डामा व्यापक छलफल हुने अपेक्षा गरिएको छ।

नेपाल प्रेस युनियनले महाधिवेशनको तयारीका लागि देशभरका जिल्ला तथा प्रदेश समितिलाई आवश्यक समन्वय र तयारीमा जुट्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan