Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

संसदीय सुनुवाइ समितिको बैठक बस्दै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १३ बुधबार |

 काठमाडौँ, १३ साउनः सङ्घीय संसद् मातहतका दुई संसदीय समितिको बैठक बस्दैछ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्ने कार्यक्रम तय भएको छ । 

    सङ्घीय संसद् सचिवालयका अनुसार संसदीय सुनुवाइ समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित मानबहादुर कार्कीविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल गर्ने कार्यक्रम छ । यस्तै, प्रमुख आयुक्तमा प्रस्तावित कार्कीलाई समितिसमक्ष आमन्त्रण गरी सुनुवाइ गरिनेछ । समितिको बैठक बिहान ११ः१५ बजे बस्नेछ ।  

    समितिले मङ्गलबार आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्ले र डा राजीव सुब्बालाई आमन्त्रण गरी सुनुवाइ गरेको थियो । 

    यस्तै, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा ‘आर्थिक वर्ष २०८३÷८४ को वार्षिक कार्ययोजनाका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । समितिको बैठक बिहान ११ः०० बजे बस्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan