Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गोलबजारमा गोली लागेर एकको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १४ बिहीबार | (रासस)

जनकपुरधाम, १४ साउन : सिरहाको गोलबजारमा आज गोली लागेर एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा टायर बालेर सडक अबरुद्ध गरेर  प्रदर्शन गरिरहेका सिरहाको औरही गाउँपालिकाका १५ वर्षीय गणेश यादवको मृत्यु भएको सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले राससलाई जानकारी दिनुभयो । 

“गोली लागेर यादवको मृत्यु भएको जानकारी प्राप्त भएको छ तर कसले चलाएको गोलीबाट मृत्यु भएको हो भने खुल्न सकेको छैन”, प्रजिअ पौडेलले भन्नुभयो, “यसबारे अनुसन्धान भइरहेको छ ।” 

जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा आज दिउँसो २:०० बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ । घटनापछि प्रदर्शनकारीहरूले ठाउँठाउँमा प्रदर्शन जारी राखेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan