Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सभापति लामिछानेद्वारा कोशी र मधेसका सांसदसँग छलफल

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १४ बिहीबार |

काठमाडौँ, १४ साउनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिबारे कोशी र मधेस प्रदेशका सांसदहरुसँग छलफल गरिरहनुभएको छ । 

    सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा आज सभापति लामिछानेले प्रतिनिधिसभामा कोशी र मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग संवाद जारी राख्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ । सभापति लामिछानेले जिल्ला फर्किएर जनतासँग संवाद गर्न तथा जिल्ला जिल्लामा सद्भाव कायम गर्ने विषयमा पहल गर्न सांसदहरुलाई निर्देशन दिनुभएको रास्वपाका प्रतिनिधिसभा सदस्य अशोक चौधरीले जानकारी दिनुभयो ।
    
    सांसद चौधरीका अनुसार सभापति लामिछानेले वर्तमान परिस्थितिमा जनतामाझ पुगेर सद्भाव कायम गर्ने विषयमा काम गर्न सांसदहरूलाई यसअघि नै निर्देशन दिनुभएको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan