Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आन्तरिक रोजगार सिर्जना गर्नेगरी कार्यसम्पादन गर्न निर्देशन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १४ बिहीबार | (रासस)

काठमाडौँ, १४ साउनः युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आगामी आर्थिक वर्षभित्र एक लाख रोजगार सिर्जना गर्नुपर्ने बताउँदै यसका लागि मन्त्रालयअन्तर्गतका सबै निकायलाई सक्रिय भई कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ ।

    आज मन्त्रालयमा आयोजित गत आव २०८२/८३ को मन्त्रालय र यसअन्तर्गतका निकायबाट सम्पादन भएका कार्यहरूको वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) को बैठकमा मन्त्री यादवले आन्तरिक रोजगार सिर्जना गर्न अन्तरमन्त्रालय समन्वयमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

    मन्त्रालयले एक वर्षभित्रमा एक लाख युवालाई रोजगार सिर्जना गर्ने लक्ष्य रहेको जनाउँदै यसअन्तर्गत हालसम्म २३ हजारले रोजगारी प्राप्त गरिसकेका मन्त्री यादवले बताउनुभयो । आन्तरिक रोजगार महाशाखालाई निर्देशन दिँदै उहाँले भन्नुभयो, “आन्तिरिक रोजगार वृद्धि गर्नु सरकारको पहिलो प्राथमिकता हो । यसलाई महत्वपूर्ण ठानेर काम गरौँ ।” उहाँले रोजगार नीति र रोजगार ऐनसमेत यथाशीघ्र बनाउन निर्देशन दिनुभयो । 

    मन्त्री यादवले ७५३ वटै पालिकामा कार्यरत रोजगार संयोजकको भूमिका बृहत् बनाउँदै अनलाइन श्रम स्वीकृत प्रणालीलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो । उहाँले हालसम्म १९ प्रतिशत पुँजीगत खर्च भएको जनाउदै यसको दायरा वृद्धि गर्नसमेत निर्देशन दिनुभयो ।

    बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा पुस्कर मल्लले कार्यसम्पादन गर्दा आइपर्ने समस्याको उजागर गर्नुभन्दा समाधानको गाँठो फुकाउने गरी प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभयो । उहाँले मन्त्रालयको कार्ययोजनाले १६औँ पञ्चवर्षीय योजनाको उद्देश्यपूर्तिमा  सघाउ पुर्‍याउनुपर्नेमा जोड दिनुभयो ।  

    मन्त्रालयका सचिव डा दीपक काफ्लेले विकास कार्यक्रमलाई पारदर्शी, प्रभावकारी, जनमुखी बनाउँदै समयमा सम्पन्न गर्नुपर्ने बताउनुभयो । उहाँले युवाको क्षमता विकासका क्षेत्रमा काम गर्नुपर्ने बताउँदै यसका लागि युवाको व्यक्तिगत विवरण तयार पानुपर्ने जानकारी दिनुभयो । उहाँले निर्धारित बजेट कार्यान्वयनका लागि प्रत्येक कामको कार्ययोजना र  तालिका बनाएर कार्यसम्पादन गर्न सम्बन्धित शाखालाई निर्देशन दिनुभयो ।

    बैठकमा सहसचिव बाबुराम भण्डारीले गत आव २०८२/८३ को वार्षिक प्रगति समीक्षा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan