Friday 31st of July | २०८३ श्रावण १५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अपर कैलाश खोला जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययनका लागि एन.आर.एन. ग्लोबल इनर्जी प्रा. लि. र सानिमा हाइड्रो एण्ड इन्जिनियरिङ प्रा. लि. बीच सम्झौता सम्पन्न

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १४ बिहीबार |
newsabhiyan

 

काठमाडौं – एन.आर.एन. ग्लोबल भेन्चर्स लिमिटेडको शतप्रतिशत सहायक कम्पनी एन.आर.एन. ग्लोबल इनर्जी प्रा. लि. र सानिमा हाइड्रो एण्ड इन्जिनियरिङ प्रा. लि. बीच अपर कैलाश खोला जलविद्युत आयोजना (४.८१ मेगावाट) को विस्तृत सम्भाव्यता अध्ययन (Feasibility Study) सम्पन्न गर्ने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ। यस सम्झौताले आयोजनाको विकास प्रक्रियामा महत्वपूर्ण चरण पार गरेको छ र अध्ययनमार्फत आयोजना कार्यान्वयनका लागि आवश्यक प्राविधिक तथा आर्थिक आधार तयार गरिनेछ।
सुदूरपश्चिम प्रदेशको अछाम जिल्लास्थित कैलाश खोलामा निर्माण प्रस्तावित यो ४.८१ मेगावाट क्षमताको रन-अफ-रिभर (RoR) आयोजना हो। आयोजनाको जलाधार क्षेत्र १४१.५६ वर्ग किलोमिटर, डिजाइन डिस्चार्ज ५.२७ घनमिटर प्रति सेकेण्ड, हेडरेस पाइप ३,१२० मिटर तथा पेनस्टक पाइप ५०० मिटर रहेको छ। यस आयोजनाले स्वच्छ तथा नवीकरणीय ऊर्जा उत्पादनमार्फत नेपालको ऊर्जा विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
सम्भाव्यता अध्ययन अन्तर्गत जलविज्ञान, भूगर्भ, स्थलाकृतिक सर्वेक्षण, सिभिल तथा विद्युत–यान्त्रिक डिजाइन, वातावरणीय तथा सामाजिक प्रभाव मूल्याङ्कन, आर्थिक तथा वित्तीय विश्लेषण लगायतका आवश्यक अध्ययनहरू सम्पन्न गरिनेछन्। अध्ययन प्रतिवेदनले विस्तृत डिजाइन, आवश्यक नियामकीय स्वीकृतिहरू, वित्तीय व्यवस्थापन तथा निर्माण कार्य अघि बढाउन महत्वपूर्ण आधार प्रदान गर्नेछ।
एन.आर.एन. ग्लोबल इनर्जी प्रा. लि. ले अनुभवी परामर्शदाता संस्थासँगको सहकार्यबाट आयोजना उच्च प्राविधिक मापदण्डअनुसार अगाडि बढ्ने विश्वास व्यक्त गरेको छ। आयोजना सम्पन्न भएपछि राष्ट्रिय प्रसारण प्रणालीमा स्वच्छ विद्युत थप भई देशको ऊर्जा सुरक्षामा योगदान पुग्नुका साथै स्थानीय स्तरमा रोजगारी, पूर्वाधार विकास र सामाजिक–आर्थिक समृद्धिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan