५.९९ प्रतिशत स्थिर ब्याजदरको एन आई सी एशिया अटो लोन नाडा अटो सोको हिट अफर
काठमाडौं, ११ भदौ । एन आई सी एशिया बैंकले ग्राहक महानुभावहरूको आवश्यकता र बदलिँदो वित्तीय प्राथमिकतालाई ध्यानमा राखी 'NADA Auto Show 2026' को अवसरमा ल्याएको विशेष अटो लोन योजना ग्राहक महानुभावहरुमाझ लोकप्रिय बन्दै गएको छ ।
भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको ‘नाडा अटो सो २०२६’ को अवसरमा बैंकले ७ वर्षसम्म वार्षिक ५.९९ प्रतिशतको स्थिर ब्याजदरमा ‘एन आई सी एशिया अटो लोन’ योजना उपलब्ध गराइरहेको छ ।
नाडा अटो सोको पहिलो दिनदेखि नै यस कर्जा योजनाप्रति ग्राहकहरूको उल्लेख्य आकर्षण बढिरहेको छ ।
विशेषगरी ७ वर्षसम्म ब्याजदर परिवर्तन नहुने गरी ५.९९ प्रतिशतको स्थिर ब्याजदर उपलब्ध हुने भएकोले ग्राहकहरूले आफ्नो दीर्घकालीन वित्तीय योजना तथा मासिक कर्जा दायित्व सहज रूपमा व्यवस्थापन गर्न सक्ने विश्वास बैंकले लिएको छ ।
ग्राहक महानुभावहरुलाई सवारी साधन खरिदसँगै कर्जा प्रक्रिया समेत सहज र छरितो रूपमा अघि बढाउन बैंकले नाडा अटो सोमा विशेष डिजिटल सुविधा उपलब्ध गराएको छ ।
ग्राहकहरूले QR SCAN गरी आवश्यक विवरण भरेर कर्जाको योग्यता परीक्षण गर्न तथा तत्काल कर्जा स्वीकृतिपत्र प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
स्वीकृति पश्चात ग्राहक महानुभावहरुले आवश्यक कागजात आफूलाई पायक पर्ने यस बैंकको शाखा कार्यालयमा उपलब्ध गराई बाँकी प्रक्रिया पूरा गर्न सक्नुहुनेछ ।
यस डिजिटल तथा सहज प्रक्रियाले ग्राहकहरूलाई आफूले रोजेको सवारी साधन छनौटदेखि कर्जा प्रक्रियासम्मको काम एउटै स्थानबाट अघि बढाउन सहयोग पुर्याएको छ ।
बैंकको यस योजनाअन्तर्गत ग्राहक महानुभावहरूको रोजाइ अनुसार निजी, व्यावसायिक तथा विद्युतीय सवारी साधन खरिदका लागि छिटो, छरितो र भरपर्दो वित्तीय सुविधा उपलब्ध गराएको छ ।
यसबाट नाडा अटो सोमै सवारी साधन खरिद गर्ने निर्णय गर्न ग्राहकहरूलाई थप सहज हुने अपेक्षा बैंकले लिएको छ ।
७ वर्षसम्म ५.९९ प्रतिशतको अपरिवर्तनीय ब्याजदरमा उपलब्ध यस कर्जा सुविधाले सवारी साधन खरिदलाई थप व्यवस्थित बनाउने बैंकले विश्वास लिएको छ ।
व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने कालो नम्बर प्लेटका सवारी साधनको हकमा कर्जा अवधि ५ वर्ष कायम गरिएको छ ।
ग्राहक महानुभावहरूले यस बैंकका कुनै पनि शाखा कार्यालयबाट अटो लोन लिन वा यससम्बन्धी थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।
साथै, 'NADA Auto Show 2026, Stall No. E24' मा उपस्थित भई ‘एन आई सी एशिया अटो लोन’ तथा बैंकका अन्य सुविधाहरूका बारेमा विस्तृत जानकारी लिन सक्नुहुने छ ।
