भोटेकोशी बाढीः प्रभावितलाई सौर्य बत्ती सहयोग
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १७ बुधबार |
काठमाडौँ, १६ भदौः भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित स्थानीयलाई सोलार बत्ती सहयोग गरिएको छ । नेपाल सौर्य विद्युत् उत्पादक सङ्घले आज बाढी प्रभावितलाई उज्यालो राहतका रुपमा ‘सोलार सिस्टम’ सहयोग गरेका हुन् ।
सङ्घका वरिष्ठ उपाध्यक्ष दीपक गौतमका अनुसार २० वाटको पोर्टेवल लाइट १०५ सेट, संस्थागत सौर्य प्रणाली एक सेट सहयोग गरिएको हो । व्यवसायीले वैैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत उक्त सामग्री सहयोग गरेको हो ।
