एन आई सी एशिया बैंकका ग्राहकहरुलाई आईएमई हस्पिटालिटी अन्तर्गतका होटल तथा केवलकार सेवामा १० प्रतिशत छुट सुविधा
काठमाडौं, ३० भदौ । एन आई सी एशिया बैंक लिमिटेड र आईएमई हस्पिटालिटीबीच बैंकका ग्राहकलाई विभिन्न स्थानमा रहेका होटल तथा केवलकार सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी पत्रमा बैंकको तर्फबाट ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख पुजन लाल अमात्य र आईएमई हस्पिटालिटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मण थापाले हस्ताक्षर गर्नुभयो ।
यस समझदारी अनुसार ग्राहकहरुले आईएमई हस्पिटालिटी अन्तर्गत विभिन्न ठाउँमा सञ्चालनमा रहेका होटल तथा केवलकारहरुमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नुहुनेछ
ग्राहकहरुले इला होटल्स एण्ड रिसोर्ट, मौलाकालिका, इला कम्फोर्ट, बाग्लुङ्ग, इला कम्फोर्ट, हर्कपुर र सेक एण्ड फेङ्ग रेष्टुरेन्ट, लाजिम्पाटमा उक्त सुविधा प्राप्त गर्न सक्नुहुनेछ ।
त्यसैगरी, मौलाकालिका केवलकार र लुम्बिनी केवलकारमा सेवा लिँदा पनि उक्त सुविधाको उपयोग गर्न सक्नुहुनेछ ।
यी सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ्ग सेवा (मोबैंक), डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोग गरी उक्त छुट सुविधा प्राप्त गर्न सक्नुहुनेछ ।
आईएमई हस्पिटालिटीसँगको यस सहकार्यले ग्राहकहरुलाई विभिन्न ठाउँमा रहेका होटल तथा केवल कारहरुमा छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
