Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘नागरिकको दुःखमा सत्ता पक्ष र प्रतिपक्ष हुँदैन’ : सचेतक राई

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३१ बुधबार | (रासस)
newsabhiyan

काठमाडौँ, ३१ भदौः नेपाली कांग्रेसका सचेतक निष्कल राईले नागरिकको दुःखमा सत्ता पक्ष र प्रतिपक्ष हुन नहुने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा भाग लिँदै उहाँले भोटेकोशी बाढीपछिको विपद्मा पहिलो दिनदेखि नै आफूहरूले सरकारलाई साथ दिएको अवगत गराउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले सुरुदेखि नै सरकारसँग समन्वय गरेको हो । पीडित नागरिकसम्म पुगेको हो । सुरक्षा निकायको उद्धार प्रयासको सम्मान गरेको हो ।”

सरकारले भोटेकोशी विपत्तिमा परेका नागरिकले तत्काल राहतको अनुभूति हुनेगरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

सचेतक राईले भोटेकोशी एउटा प्राकृतिक घटना मात्रै नभई यसले विपद् पूर्वतयारी, पूर्वसूचना प्रणाली, उद्धार क्षमता, अन्तरनिकाय समन्वय, पूर्वाधारको सुरक्षा र पुनःस्थापनामा राज्यको क्षमता र शासकीय नेतृत्वलाई परीक्षण गरेको घटना भएको उल्लेख गर्नुभयो ।

उहाँले पीडितलाई सुरक्षित ठाउँमा बसाल्ने, आवासको व्यवस्था गर्ने, जिविकोपार्जन पुनःस्थापित गर्ने, सडक–पुल–विद्युत–खानेपानी पुनःनिर्माण गर्ने र मनोसामाजिक पुनःस्थापना गर्ने स्पष्ट योजना आवश्यक रहेको उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan