Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मक्का र मदीनामा भएको हुथी हमलाको ओआईसीद्वारा निन्दा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३१ बुधबार | (रासस/क्यूएनए)

जेद्दा (साउदी अरेविया), ३१ भदौ : इस्लामिक सहयोग संगठन (ओआईसी)ले हुथी समूहले मक्का र मदीना क्षेत्रमा गरेको “जघन्य आक्रमण” र साउदी अरब विरुद्धको निरन्तरको आक्रमणको निन्दा गरेको छ ।

विज्ञप्ति जारी गर्दै ओआइसीले उक्त आक्रमणले सर्वसाधारणलाई आतङ्कित बनाएको, इस्लामिक पवित्रस्थल र मस्जिदको पवित्रतालाई उल्लङ्घन गरेको र विश्वभरका मुस्लिमलाई उक्साएको बताएको छ ।

ओआइसीका महासचिव तथा सचिवालयले पवित्र स्थलहरू, मस्जिद र नागरिक वस्तुलाई लक्षित गरी आक्रमण गर्ने हुथी समूहको कार्यहरू इस्लामिक मूल्यमान्यता र अन्तरराष्ट्रिय मापदण्ड, सिद्धान्त र कानुनसँग विपरितको आतङ्कवाद भएको बताएका छन् ।  

सचिवालयले इस्लामिक पवित्रस्थलको पवित्रताको कुनै पनि उल्लङ्घन अस्वीकार्य भन्दै यसलाई सहन नसकिने विषयलाई जोड दिँदै जिम्मेवारलाई रोक्न र पवित्रस्थलमा थप आक्रमण रोक्नका लागि आह्वान गरेको छ ।

ओआइसीले साउदी अरेबियासँग पूर्ण एकता र त्यस्ता आक्रमण रोक्न, पवित्रस्थलको पवित्रता र मुस्लिमको जीवनको रक्षा गर्न र यसको सुरक्षा र सार्वभौमिकताको रक्षा गर्न अपनाइएका उपायको समर्थन व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan