Thursday 17th of September | २०८३ असोज १ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

१० लाख धरौटीमा शंकरलाल अग्रवाल रिहा, उच्च अदालतको थुनछेक आदेश सर्वोच्चबाट बदर

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १ बिहीबार |

काठमाडौं । शंकर ग्रुपका प्रमुख व्यवसायी शंकरलाल अग्रवाल बैंकिङ कसुर मुद्दामा १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।
बैंकिङ कसुरसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अग्रवाललाई सर्वोच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो।

न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको इजलासले उच्च अदालतले अग्रवाललाई थुनामा पठाउने गरी गरेको आदेश बदर गर्दै १० लाख रुपैयाँ धरौटी माग गरी रिहा गर्न आदेश दिएको हो।
उच्च अदालतको थुनछेक आदेशविरुद्ध अग्रवाल सर्वोच्च अदालत पुगेका थिए। उनले बन्दी प्रत्यक्षीकरणको रिटसमेत दायर गरेका थिए। सर्वोच्चको सोही इजलासले भने बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको छ।

व्यवसाय सञ्चालनका लागि बैंकबाट लिएको करोडौँ रुपैयाँ ऋण बिचौलिया दीपक भट्टलाई दिएर कर्जा अपचलन गरेको आरोपमा अग्रवालविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा दायर भएको थियो।
अग्रवालमाथि बैंकबाट प्राप्त कर्जाको उद्देश्यविपरीत रकम प्रयोग गरेको आरोप लगाइएको थियो। उक्त आरोपसम्बन्धी मुद्दामा उच्च अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

सर्वोच्च अदालतको पछिल्लो आदेशसँगै अग्रवाल अब १० लाख रुपैयाँ धरौटीमा मुद्दाको पुर्पक्ष बाहिर रहेर सामना गर्ने भएका छन्। यद्यपि, धरौटीमा रिहा गर्ने आदेशलाई मुद्दामा लगाइएको अभियोग पुष्टि भएको वा नभएको अन्तिम निर्णयका रूपमा भने लिन मिल्दैन। मुद्दाको अन्तिम टुंगो सम्बन्धित न्यायिक प्रक्रियाबाट हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan