Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

यूएन मुख्यालयमा प्रधानमन्त्री शाह र गुटेरेसबीच भेट : भोटेकोशी विपद्, जलवायु जोखिम र हरित पुनर्निर्माणमा छलफल

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ९ शुक्रबार |

काठमाडौं, ८ असोज । प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार न्यूयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुअघि स्थानीय समयअनुसार साँझ ६ः३० बजे महासचिव गुटेरेससँग भेटवार्ता गर्नुभएको हो।

भेटमा महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु परिवर्तनका मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताउनुभयो। उहाँले युवा नेपाली प्रतिनिधिमण्डलको समेत प्रशंसा गर्नुभयो।

गुटेरेसले आफू सन् १९७८ मा पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रधानमन्त्री शाहले नेपालप्रतिको सद्भाव र सहयोगका लागि गुटेरेसलाई धन्यवाद दिँदै उहाँको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभयो। भोटेकोशी विपद्बाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै उहाँले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको जानकारी गराउनुभयो।

भेटवार्तामा नदी किनारका बासिन्दाको पुनर्वास, हरित पुनर्निर्माण तथा जलवायुजन्य विपद्बाट प्रभावित समुदायको संरक्षणका विषयमा छलफल भएको थियो। साथै, अतिकम विकसित राष्ट्र (एलडीसी) सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा थप गर्न राष्ट्रसंघबाट आवश्यक समर्थनका विषयमा समेत कुराकानी भएको थियो।

भेटपछि प्रधानमन्त्री शाहले राष्ट्रसंघको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभएको थियो। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan