बीपी राजमार्ग अनिश्चितकालका लागि बन्द, डाइभर्सन बगाएपछि यातायात ठप्प
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १० शनिबार |
काठमाडौं । अविरल वर्षाका कारण पहिरो र लेदो थुप्रिएपछि अवरुद्ध बनेको बीपी राजमार्ग आज पनि सञ्चालनमा आउन सकेको छैन। रोशी खोलामा आएको बाढीले विभिन्न स्थानमा बनाएका डाइभर्सनहरू बगाएपछि यातायात पूर्ण रूपमा ठप्प भएको हो।
राजमार्गका विभिन्न खण्डमा गएको पहिरो र लेदो पन्छाउने काम तत्काल सुरु गर्न नसकिएको सम्बन्धित निकायले जनाएको छ।
सडक सुरक्षामा उच्च जोखिम कायम रहेकाले अर्को सूचना जारी नभएसम्मका लागि यात्रा नगर्न प्रशासनले चालक तथा यात्रुहरूलाई आग्रह गरेको छ। सडक खुलाउन मौसममा सुधार आएपछि मात्र मर्मत कार्य अघि बढाइनेछ।
