Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १४ बुधबार | (रासस)
newsabhiyan

सुनसरी, १४ असोजः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको विकास, समृद्धि र रोजगारी सिर्जनाका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

इटहरीमा आजदेखि सुरु भएको सातदिने रोजगार मेला तथा सीप प्रदर्शनीको उद्घाटन गर्दै उहाँले देश निर्माणका लागि निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्नुपर्ने बताउनुभयो । 

मुख्यमन्त्री कार्कीले सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्रबीच सहकार्य भए सीप विकास, उद्योग स्थापना र रोजगारी सिर्जनामा थप उपलब्धि हासिल गर्न सकिने बताउनुभयो ।

निजी क्षेत्रको सम्भावनालाई सदुपयोग गर्न सरकारले उपयुक्त नीति, कानुनी तथा व्यवस्थापकीय व्यवस्था गरिनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री कार्कीले सीप र तालिमका नाममा राज्यकोषबाट बर्सेनि ठूलो रकम खर्च भए पनि वास्तविक रोजगारी सिर्जना गर्ने सीप प्राप्त नभएको धारणा राख्नुभयो ।

उहाँले प्रदेश सरकारले अहिले साना तथा मझौला उद्यम सञ्चालनका लागि सहुलियतपूर्ण तथा न्यूनतम धितोमा ऋण उपलब्ध गराउने व्यवस्था गरेको जानकारी दिनुभयो ।

नेपालमा उत्पादन बढाएर स्वदेशी बजारसँगै छिमेकी मुलुकका बजारको सम्भावनासमेत उपयोग गर्नुपर्ने बताउँदै उहाँले पर्यटन र घरेलु उत्पादनलाई जोडेर स्थानीयस्तरमै रोजगारीका अवसर विस्तार गर्न सकिने धारणा राख्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan