Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लुम्बिनीमा प्रहरीको कार्यसम्पादन करार : अपराध नियन्त्रणदेखि नागरिक सेवासम्म परिणाममुखी काममा जोड

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १५ बिहीबार |

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रहरी संगठनको कार्यसम्पादनलाई थप परिणाममुखी, जवाफदेही र नागरिकमैत्री बनाउने उद्देश्यले वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर गरेको छ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी भूपेन्द्रबहादुर खत्री र मातहतका जिल्ला प्रहरी कार्यालय लगायतका प्रमुखहरूबीच आर्थिक वर्ष २०८२/०८३ को कार्यप्रगति समीक्षा तथा चालु आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा अघिल्लो आर्थिक वर्षमा प्रहरीले गरेका काम, उपलब्धि, चुनौती तथा सुधार गर्नुपर्ने पक्षबारे समीक्षा गरिएको थियो। आगामी वर्षका लागि अपराध नियन्त्रण, अनुसन्धानलाई प्रभावकारी बनाउने, शान्ति–सुरक्षा मजबुत पार्ने तथा नागरिकलाई छिटोछरितो र गुणस्तरीय प्रहरी सेवा उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखिएको छ।

कार्यसम्पादन करारमार्फत जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई आफ्नो कार्यक्षेत्रमा स्पष्ट जिम्मेवारी र लक्ष्यसहित काम गर्ने वातावरण निर्माण गरिएको प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी नेतृत्वले अपराध अनुसन्धानमा व्यावसायिकता, प्रहरी सेवामा पारदर्शिता, अनुशासन र नागरिकसँगको सम्बन्ध सुधारलाई प्राथमिकतामा राख्न निर्देशन दिएको छ। साथै, उपलब्ध स्रोत–साधनको प्रभावकारी परिचालन गर्दै सुरक्षा चुनौतीको पूर्वानुमान, सूचना संकलन र समन्वयमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ।

कार्यसम्पादन करारले प्रहरीका कामलाई केवल गतिविधिमा सीमित नराखी नतिजा, जिम्मेवारी र जवाफदेहितासँग जोड्ने आधार तयार गर्ने अपेक्षा गरिएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan