Wednesday 7th of October | २०८३ असोज २१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कांग्रेस महाधिवेशनमा आधा दर्जन पत्रकार उम्मेदवार

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २१ बुधबार | (रासस)
newsabhiyan

काठमाडौँ, २१ असोजः नेपाली कांग्रेसको १५औँं महाधिवेशनमा पत्रकार पृष्ठभूमिका छ जनाले विभिन्न पदमा उम्मेदवारी दिनुभएको छ ।

महाधिवेशन निर्वाचन समितिले निर्धारण गरेको तालिकाअनुसार मङ्गलबार सम्पन्न उम्मेदवारी दर्ताका क्रममा उहाँहरूको उम्मेदवारी परेको हो । 

समितिका अनुसार यसअघि कांग्रेसको केन्द्रीय सदस्य रहिसक्नुभएका पत्रकार अजयबाबु शिवाकोटीले सहमहामन्त्री (खुला) पदमा उम्मेदवारी दिनुभएको छ ।

यस्तै, वरिष्ठ पत्रकार कविर राणाले केन्द्रीय सदस्य (खुला), समिरजङ्ग शाह, शिव लम्साल र बाला अधिकारीले केन्द्रीय सदस्य (पेसागततर्फ) र कमला हमालले केन्द्रीय सदस्य (युवा, महिला ३५ वर्षमुनि)मा उम्मेदवारी दिनुभएको हो ।

अधिकारी यसअघि कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुहुन्थ्यो । उहाँहरू सबै जना कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनसँग समेत सम्बद्ध हुनुहुन्छ ।

राणा युनियनको केन्द्रीय सल्लाहकार हुनुहुन्छ भने शाह पूर्वअध्यक्ष, लम्साल वर्तमान अध्यक्ष, अधिकारी पूर्वअध्यक्ष र हमाल वर्तमान केन्द्रीय सदस्य हुनुहुन्छ ।

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन यही असोज १८ गते भएको थियो भने नयाँ नेतृत्व चयनका लागि भोलि बिहान ७ः३० देखि साँझ ५ः०० बजेसम्म मतदानका लागि समय निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan