Friday 9th of October | २०८३ असोज २३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ओली, देउवा र प्रचण्ड राजनीति जीवनबाट सन्यास लिनु नै उत्तम विकल्प

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २३ शुक्रबार |
newsabhiyan

एमालेसँग सहकार्य गर्न प्रचण्डको छटपटी/पुराना शीर्ष नेताहरु सत्ता प्राप्तिको अन्तिम लडाइँको हौवा खडा गर्दै

काठमाडौं, २३ असोज । नेपालमा आलोपालो सरकार चलाएर विगत साढे तीन दशक मौज गरेका नेताहरु जेन–जी आन्दोलन पछि सत्ताच्यूत भए यता पानी बिनाको माछा झैं छटपटाउँदै आएका छन् ।

यसमा खास गरी सत्ताच्यूत नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट माओवादीका शीर्ष नेता पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा मिलेर थरि–थरि राजनीतिक कार्ड खेल्दै वर्तमान सरकारलाई नै सत्ताच्यूत गर्न षड्यन्त्र गर्दै आएको छ ।

उनीहरु दुई तिहाईको जनताद्वारा निर्वाचित सरकारलाई अपदस्त गर्न जे जति षड्यन्त्र रच्दै आएको छ त्यसमा विफल हुँदा आ-आफ्नो पार्टी भित्र आलोचित हुँदै आएका छन् । पार्टीमा दोश्रो र तेश्रो तहका नेताहरुलाई दवाउँदै शीर्ष नेता त्रयले गर्ने गरेको हर्कतले देशमा पनि अनेक झन्झट उत्पन्न भएको छ ।

जेन-जी आन्दोलनमा ठूलो झट्का लागेका ओली पूर्व राष्ट्रपति बिद्या भण्डारीलाई आफ्नो एमाले संगठनमा दोश्रो नेताको रुपमा भित्र्याएपछि एमाले भित्र परिवर्तन खोज्नेहरु निराश बनेका छन् ।

यता प्रचण्ड पार्टीमा आफ्ना कार्यकर्ता र मुनिका नेताहरुलाई तह लगाउँदै राजनीतिक रुपमै " निर्णायक शक्ति" बन्नका लागि एमालेसँग सहकार्य गर्न छटपटाएका छन् ।

यसको मूल कारण खारेज नभएको प्रदेश संरचना र स्थानीय तहको आउन लागेको निर्वाचनमा रास्वपा नेतृत्वको सरकारलाई परास्त गर्न खोजेको देख्दा भावी चुनावमा घम्सा-घम्सी तेब्बर बढ्ने निश्चि छ ।

दुई चीरामा विभाजित कांग्रेस पार्टीको संस्थापन पक्ष गगन थापाले काठमाडौंमा आयोजित १५ औ महाधिवेशनमा घोषणा गरे आउँदो चुनावमा कांग्रेसले एक्लै चुनाव लड्ने कसैसँग सहकार्य नगर्ने यसबाट पनि प्रचण्ड र ओली मुर्छित भएका छन् ।

तीनवटै शक्ति मिलेर चुनाव लड्ने सपना देखेका ओल र प्रचण्डलाई यसमा धक्का लाग्ने नै छ । किनभने शेरबहादुर देउवा बेग्लै १५ औं महाधिवेशन गरी कांग्रेसलाई आफ्नो नेतृत्वमा लग्न खोजेका छन् । खिचातानीमा देउवा र गगन बीचको घम्सा घम्सीले अनौठो परिणाम ल्यायो भने आश्चर्य मान्न सकिन्न ।

देउवाले पार्टीमा वर्चश्व कायम राख्न सके भोलिको सत्ता सुरक्षित हुने एवं समीकरण बनाउन बार्गेनिङ्ग पावर अर्जित हुने ठानेका छन् । ओली र देउवा बीचको पुरानो सहमतिमा देउवा प्रधानमन्त्री बन्न बाँकी नै रहेको बेला उनी सत्ताच्यूत भएपछि ओलीले देउवालाई प्रधानमन्त्री बनाउन बिफल भए ।

अहिले फेरि षड्यन्त्रको तानावाना बुनेर सरकार ढाल्ने सपना देख्दै आएकोमा यी तीन पुराना अनुहारहरु चौतर्फी आलोचित बन्दै आएका छन् । अब यी तीन श्री स्टार ग्याङ्ग रसातलमा पुगेकोले राजनीतिक जीवनबाट सन्यास लिनु नै उत्तम विकल्प हुनेछ ।

राजनीतिबाट सन्यास लिन डराएका प्रचण्ड, ओली र देउवाले सत्ता प्राप्तिको जालझेलमा अन्तिम लडाई लड्ने हौवा खडा गर्दै सरकार प्रमुख बालेन विरुद्ध लागेर रास्वपा अध्यक्ष रवि लामिछानेलाई उचाल्न अनेक प्रपंच रचेका छन् । जसलाई बालेन र रवि दुवैले राम्ररी बुझेका छन् ।

सत्ताको छटपटीमा कमरेडहरु त सिद्धान्त र विचार मात्र हैन जनभावनालाई समेत तिलान्जलि दिंदा आज दुर्दशाको चौकसमा उभेका छन् । अब त जोसँग सहकार्य गरे पनि पतनको बाटो खुला छ, सत्ताको उकालो चढ्न गाह्रो हुने कुरा प्रचण्ड, ओली र देउवाले राम्ररी बुझ्नु पर्दछ ।

सत्ता लिन ललायित प्रचण्डले नेकपाको संयोजक पदलाई समेत बद्नाम गर्दै एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसकेको बताउँछन् । साथै अन्य वामपन्थीहरुसँग सहकार्य गर्ने छलफल चलाएर गणतन्त्र माथि प्रहार भइरहेको प्रचारमा लागेका छन् ।

यता बालेन सरकारले अब भ्रष्टाचारलाई चीदै सुशासन एवं विकासतर्फ उन्मूख भइरहने प्रतिवद्धता व्यक्त गर्दा भागवण्डा लगाउने र सत्ताको ललिपप चाट्ने नेताहरुको हातमा चकलेट रुपी पावर भरेर हाथमा स्टीक मात्र ठाडो रहने अवस्था नआउला भन्न सकिन्न ।

संविधान माथि भइरहेको प्रहारको प्रचार पछि जनता नलाग्ने स्थिति आएर जनजीवन सामान्य बन्दै गएको देखिन्छ । उकालो चढ्न गाह्रो हुने कुरा प्रचण्ड, ओली र देउवाले राम्ररी बुझ्नु पर्दछ ।

सत्ता लिन ललायित प्रचण्डले नेकपाको संयोजक पदलाई समेत बद्नाम गर्दै एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसकेको बताउँछन् ।

साथै अन्य वामपन्थीहरुसँग सहकार्य गर्ने छलफल चलाएर गणतन्त्र माथि प्रहार भइरहेको प्रचारमा लागेका खबर अर्पणमा उल्लेख छ ।

यता बालेन सरकारले अब भ्रष्टाचारलाई चीदै सुशासन एवं विकासतर्फ उन्मूख भइरहने प्रतिवद्धता व्यक्त गर्दा भागवण्डा लगाउने र सत्ताको ललिपप चाट्ने नेताहरुको हातमा चकलेट रुपी पावर भरेर हाथमा स्टीक मात्र ठाडो रहने अवस्था नआउला भन्न सकिन्न ।

संविधान माथि भइरहेको प्रहारको प्रचार पछि जनता नलाग्ने स्थिति आएर जनजीवन सामान्य बन्दै गएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan