Sunday 11th of October | २०८३ असोज २५ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २५ आइतबार | (रासस)

ललितपुर, २५ असोजः नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत  पाँच  हजार ५०० मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलले अग्रता लिइरहनुभएको छ ।

    पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा साँझ ८ः५० बजे सम्मको गणनामा उपसभापतिको खुला पदमा डा चन्द्रकान्त भण्डारीले दुई हजार ८३४ मत प्राप्त गर्दै अग्रता लिनुभएको छ । 

    त्यस्तै, इञ्जिनियर मधु आचार्यले एक हजार ७३२, गोविन्द भट्टराईले एक हजार ४३५, सुरेन्द्रराज पाण्डेले एक हजार ३५०, धनराज गुरुङले एक हजार २६६, दीपक गिरीले ७४४ र प्रा डा चन्द्रमोहन यादवले ५०६ मत प्राप्त गर्नुभएको छ ।

    उपसभापतिको समावेशी एक पदमा विनोदकुमार चौधरीले एक हजार ३६९ मत प्राप्त गर्नुभएको छ भने जीवन परियारले एक हजार २९९, सीता गुरुङले ८८४, फरमुल्लाह मन्सुरले ७९५ र रञ्जीत कर्णले ४२७ मत प्राप्त गर्नुभएको छ ।

    महामन्त्रीको खुला पदमा प्रदीप पौडेलले तीन हजार १७७  मत प्राप्त गर्नुभएको छ भने उदयशमशेर राणाले एक हजार ७९४, डा सुनीलकुमार शर्माले एक हजार ७१५, अमरसिंह पुनमगरले ९९५, गुरुराज घिमिरेले एक हजार  १२०, नैनसिंह महरले ८४०, शङ्कर तिवारीले १०५ र डा सन्तोष उपाध्यायले ८१ मत प्राप्त गर्नुभएको छ ।

    महामन्त्रीको महिला पदमा डा डिला सङ्ग्रौला (पन्त)ले दुई हजार ४१८ मत प्राप्त गर्नुभएको छ भने महालक्ष्मी उपाध्याय (डिना) ले दुई हजार २२२ र रिता खनालले ५६० मत प्राप्त गर्नुभएको छ ।

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कायम भएका सात हजार २५५ मतदातामध्ये सात हजार ३९ महाधिवेशन प्रतिनिधिले मतदान गरेको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan