Tuesday 27th of October | २०८३ कार्तिक ११ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

तिहारमा करिब ५२ लाख माला खपत हुने अनुमान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ११ मंगलबार |

काठमाडौँ, १० कात्तिक : आगामी तिहारमा काठमाडौँ  उपत्यका करिब ५२ लाख वटा फूलका माला खपत हुने अनुमान गरिएको छ । 

फ्लोरिकल्चर एसोसिएसन नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी तिहारमा सयपत्री फूलका ४५ लाख  र मखमलीका छ लाख, गोदावरीका २० हजार र मिक्स फूलका ६० हजार माला खपत हुने जनाएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले यस पटकको तिहारमा स्वदेशी उत्पादनकै फूल र मालाले धान्ने दाबी गर्नुभयो ।

“तिहारमा करिब ५२ लाख विभिन्न फूलका माला आवश्यक पर्ने अनुमान गरेका छौँ”, उहाँले भन्नुभयो, “५२ लाख फूलका मालाका लागि करिब ४८ करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।” अध्यक्ष श्रेष्ठले एसोसिएसनले ५२ लाख मालामध्ये करिब ४० लाख माला स्वदेशी उत्पादनबाटै हुने अपेक्षा गरिएको जानकारी दिनुभयो । 

एसोसिएसनका अनुसार यसपालिको तिहारमा सयपत्री फूलको ४५ लाख मालालाई औसत रु ९० को थोक मूल्यको आधारमा रु ४० करोड ५० लाख, मखमली फूलको छ लाख मालालाई औसत थोक मूल्य रु ४५ का दरले रु दुई करोड ७० लाख, गोदाबरी फूलको २० हजार मालालाई औसत थोक मूल्य रु एक हजार २०० का दरले रु दुई करोड ४० लाख र मिक्स फूलको ६० हजार मालालाई औसत थोक मूल्य रु ४०० का दरले दुई करोड ४० लाख पर्ने बताइएको छ । 

यसैबीच एसोसिएसनले यही कात्तिक १२ गतेदेखि १६ गतेसम्म  ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी गर्ने  भएको एसोसिएसनका उपाध्यक्ष तथा मेला संयोजक सुमन महर्जनले जानकारी दिनुभयो ।

मेलामा सेल्फिसहित ७८ वटा व्यावसायिक फूलका कक्ष रहने छन् । मेलामा ४५० प्रजातिका फूल तथा बिरुवा राखिने आयोजक संस्थाले जनाएको छ । मेलाको करिब ३९ हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan