Thursday 29th of October | २०८३ कार्तिक १२ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बाढीपीडितलाई आर्थिक सहयोग

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १२ बिहीबार |

पर्वत, १२ कात्तिकः कालीगण्डकीमा गत असोज १० र ११ गतेको बाढीबाट विस्थापित पर्वतको विहादी गाउँपालिका– ६ सेती वेणीबजारका व्यावसायीलाई पर्वत उद्योग वाणिज्य सङ्घले आर्थिक सहयोग गरेको छ । 

    सङ्घको व्यवसायी कल्याणकारी कोषबाट उनीहरुलाई नगदसहित खाद्यान्न सहयोग गरिएको हो । स्थानीय आठ जना व्यवसायीलाई जनही रु १० हजारका दरले रु ८० हजार आर्थिक सहयोग गरिएको सङ्घका अध्यक्ष ठाकुरवि पौडेलले जानकारी दिनुभयो । 

    उहाँहरुलाई नगद सहयोगसँगै नौ थान सोलार सेटसमेत प्रदान गरिएको छ । त्यसैगरी बाढीवाट समस्यामा परेका स्थानीयवासी, विद्यालय र प्रहरी चौकीलाई सहयोग गरिएको अध्यक्ष पौडेलले बताउनुभयो । उहाँका अनुसार २० बोरा चामल २० कार्टुन चाउचाउ, २० थान राहत प्याकेजजस्ता सामग्री सहयोग गरिएको हो । 

    अध्यक्ष पौडेलले कालीगण्डकी बाढीबाट ठूलो नोक्सानी व्यहोरेका व्यावसायीलाई तत्कालका लागि पुनःस्थापित हुन सहज होस् भन्ने उद्देश्यले प्रभावित क्षेत्रमै पुगेर राहत प्रदान गरिएको बताउनुभयो । 

    पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थलमा अवथित सेतीवेणीबजारमा बाढीले झण्डै रु २० करोडभन्दा बढीको क्षति पु¥याएको थियो । बाढीबाट पर्वततर्फ नौ घर भत्किएको, ३० वटा व्यवसायमा क्षति पुगेको तथा स्याङ्जातर्फ पनि २० भन्दाबढी पसल तथा घर बगाएको थियो ।

    यसअघि पर्वत उद्योग वाणिज्य सङ्घको सहयोगमा जिल्लाका १०० बाढीपीडित परिवारलाई खाद्यान्न र अन्य राहत सामग्री सहयोग गरेको थियो । यस्तै विभिन्न सङ्घसंस्थालाई सोलार बत्तीसमेत सहयोग गरिएको सङ्घका वरिष्ठ उपाध्यक्ष कमलबहादुर जिसीले जानकारी दिनुभयो । 

    बाढीले खण्डहर बनेको सेतीवेणी बजार अहिले सुनसान बनेको छ । त्यहाँका व्यवसायी अहिले पनि विद्यालयमा आश्रय लिएरकाले तत्काल पुनःस्थापना र पुनर्वासको माग गरिएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan