Sunday 1st of November | २०८३ कार्तिक १५ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

काठमाडौं फिल्म फेस्टिभलमा रेड कार्पेट सम्पन्न, ‘के घर के डेरा’को विशेष स्क्रिनिङसँगै कलाकार सम्मानित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १५ आइतबार | सागर श्रेष्ठ
newsabhiyan

काठमाडौं । काठमाडौं महानगरपालिकाको आयोजनामा सञ्चालन भइरहेको काठमाडौं फिल्म फेस्टिभल २०२६ अन्तर्गत रेड कार्पेट कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

फिल्म क्षेत्रका कलाकार, निर्देशक, निर्माता, प्राविधिक तथा चलचित्रकर्मीसहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागितामा सम्पन्न रेड कार्पेट कार्यक्रममा नेपाली चलचित्र क्षेत्रको सिर्जनशीलता, योगदान र उपलब्धिलाई उत्सवका रूपमा प्रस्तुत गरिएको थियो।

कार्यक्रममा नेपाली चलचित्र ‘के घर के डेरा’ को विशेष स्क्रिनिङसमेत गरिएको थियो। चलचित्र प्रदर्शनका क्रममा दर्शक तथा चलचित्रप्रेमीहरूले नेपाली समाजको परिवेश, जीवनशैली र सामाजिक यथार्थलाई चलचित्रमार्फत प्रस्तुत गरिएको कथावस्तुको अवलोकन गरेका थिए।

यसै अवसरमा ‘के घर के डेरा’ चलचित्रसँग आबद्ध कलाकारहरूलाई नेपाली चलचित्र क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो। कलाकारहरूलाई सम्मान गर्दै आयोजकले नेपाली चलचित्रको विकास, प्रवर्द्धन तथा कलाकारहरूको सिर्जनात्मक योगदानको प्रशंसा गरेको थियो।

काठमाडौं फिल्म फेस्टिभलले नेपाली चलचित्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने, चलचित्रकर्मीबीच अनुभव आदानप्रदान गर्ने र नयाँ पुस्तालाई चलचित्र क्षेत्रप्रति आकर्षित गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ।

फेस्टिभलअन्तर्गत आयोजना भइरहेका विभिन्न कार्यक्रमले काठमाडौंलाई चलचित्र, कला र संस्कृतिको उत्सवमय केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan