Tuesday 3rd of November | २०८३ कार्तिक १७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एनपिएल क्रिकेट : विराटनगरले जनकपुरलाई दियो १७५ रनको चुनौती

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १७ मंगलबार | (रासस)
newsabhiyan

काठमाडौँ, १७ कात्तिक : नेपाल प्रिमियर लिग (एनपिएल) प्रतियोगितामा विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई जित्नको लागि १७५ रनको लक्ष्य दिएको छ । 

कीर्तिपुरस्थत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७४ रनको योगफल बनाएको हो  । 

विराटनगरका लागि इमरान शेखले सर्वाधिक ५६ रनको योगदान दिए । उनले ४५ बलमा ५ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै आन्द्रे रसेलले २९ बलमा अविजित ५२ रन  बनाए । उनले २ चौका र ५ छक्का प्रहार गरे ।

लोकेश बमले ४० बलमा ३ चौका र ३ चक्काको सहयोगमा ५० रन बनाए । शुभम रञ्जाने ५ बलमा ७ रनमा अविजित रहे । 

बलिङतर्फ जनकपुरका अभिषेक तिवारीले २ विकेट लिए भने मोइन अलीले १ विकेट हात पारे । जनकपुर अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan