Tuesday 3rd of November | २०८३ कार्तिक १७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाल–भारतबीच सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा सहकार्य गर्ने प्रतिबद्धता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १७ मंगलबार |

कपिलबस्तु, १७ कात्तिक  : नेपाल र भारतका सुरक्षा निकायबीच सीमा क्षेत्रमा हुने अपराध तथा अवैध गतिविधि नियन्त्रणका लागि समन्वय र सहकार्य बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

सशस्त्र प्रहरी बल विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीको आयोजनामा यहाँ सम्पन्न दशौँ प्रहरी नायब महानिरीक्षकस्तरीय समन्वयात्मक बैठकमा उक्त प्रतिबद्धता व्यक्त भएको हो ।

बैठकमा नेपाली पक्षको नेतृत्व सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपक अधिकारी र भारतीय पक्षको नेतृत्व सशस्त्र सीमा बलका डिआइजी बी विक्रमनले गर्नुभएको थियो ।

बैठकमा मानव तस्करी, लागुऔषध ओसारपसार, नक्कली मुद्रा कारोबार, चोरी निकासी तथा पैठारी र तेस्रो मुलुकका नागरिकको गैरकानुनी प्रवेश नियन्त्रणका विषयमा छलफल भएको नायब महानिरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सीमा क्षेत्रमा संयुक्त गस्ती, सूचना आदानप्रदान तथा सीमा स्तम्भको मर्मत सम्भारलाई प्रभावकारी बनाउने सहमति भएको छ । दुवै देशका सुरक्षा निकायबीच संयुक्त अभियान र खेलकुद गतिविधिलाई निरन्तरता दिइनेछ ।

बैठकमा गत वैशाख २२ गते भारतको रुपैडिहामा सम्पन्न नवौँ बैठकका निर्णयको समीक्षासमेत गरिएको उहाँले बताउनुभयो । सहमतिका विषय कार्यान्वयन गर्न दुवै पक्ष सक्रिय हुनुपर्नेमा बैठकमा जोड दिइएको नायब महानिरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भोटेकोशी बाढीपछि भारत सरकारले गरेको सहयोग तथा बाढीमा बगेका शवको खोजी र हस्तान्तरणमा सशस्त्र सीमा बलले पुर्याएको सहयोग प्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

भारतीय पक्षका डिआइजी विक्रमनले डिजिटल बोर्डर र बाहिनीस्तरमा सूचना आदानप्रदानका लागि अनौपचारिक संयन्त्र विकास गर्ने प्रस्ताव राख्नुभएको जानकारी दिइएको छ । बैठकमा दुवै देशका सीमावर्ती सुरक्षा निकायका अधिकारीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan