Wednesday 4th of November | २०८३ कार्तिक १८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मन्त्री मेहतासँग जापानी राजदूत तोरुको शिष्टाचार भेट

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १८ बुधबार |
newsabhiyan

काठमाडौँ, १८ कात्तिकः स्वास्थ्य  तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि जापानका राजदूत  माएदा तोरुल शिष्टाचार भेट गर्नुभएको छ ।

मन्त्रालयमा उहाँहरुबीच भएको भेटमा नेपाल र जापानबीचको  सम्बन्ध, आपसी सहकार्य तथा स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारका सम्भावित क्षेत्रबारे छलफल भएको मन्त्री मेहताको सचिवालयले जनाएको छ ।

सो अवसरमा मन्त्री मेहताले भोटेकोशी बाढी प्रभावित जिल्लामा जापान सरकारले उपलब्ध गराएको राहत, प्राविधिक उपकरण तथा प्रविधिसम्बन्धी सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

उहाँले जापान सरकारले वीर अस्पताल, परोपकार तथा स्त्रीरोग अस्पताल र कान्ति बाल अस्पताललगायतका स्वास्थ्य संस्थामा पु¥याउँदै आएको सहयोगको प्रशंसा गर्नुभयो ।

राजदूत तोरुले नेपाल सरकारका प्राथमिकता र आवश्यकताका आधारमा जापान सहयोग गर्न तयार रहेको बताउँदै दुई देशबीचको सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको मन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan