Wednesday 4th of November | २०८३ कार्तिक १८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘विराट एक्स्पो’ आगामी पुसमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १८ बुधबार |

विराटनगर, १८ कात्तिकः उद्योग सङ्गठन मोरङको आयोजनामा नवौँ संस्करणको ‘विराट एक्स्पो’ विराटनगरमा हुने भएको छ । आगामी पुस २ देखि ११ गतेसम्म विराटनगर महानगरपालिका–१४ मा आयोजना हुने सो एक्स्पोको करिब दुई लाख ५० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ ।    

बिहान ८ बजेदेखि राति १० बजेसम्म सञ्चालन रहने उक्त ‘एक्स्पो’ मा १० वटा अवसर क्षेत्र र छ वटा एकीकृत प्लेटफर्म, नेपाल, भारत, बङ्गलादेशलगायत स्थानीय कृषि तथा घरेलु उद्योगका २७५ भन्दा बढी कक्ष रहने सङ्गठनका अध्यक्ष नन्दकिशोर राठीले जानकारी दिनुभयो ।

एक्स्पोमा विद्यार्थीले भविष्यको सम्भावना, युवाले सीप र रोजगारीको अवसर, उद्यमीले बजार र लगानीको सम्भावना पहिचान र उद्योगीले नयाँ ग्राहक तथा व्यावसायिक साझेदार भेट्ने छन् ।

‘एक्सो’का संयोजक विपिन कावराका अनुसार कोशी प्रदेशका १४ वटै जिल्लाका कृषि, महिला, घरेलु तथा साना उद्यमीका उत्पादन र सुनसरी–मोरङ औद्योगिक करिडोरका प्रमुख उत्पादनलाई विशेष प्राथमिकता दिइनेछ ।

तीन सयभन्दा बढी कम्पनी तथा संस्था, २५ हजार विद्यार्थीको सहभागिता र एक हजार ५०० भन्दा बढी व्यावसायिक ‘म्याचमेकिङ’को लक्ष्य राखेको ‘एक्स्पो’ले दुई हजार युवालाई रोजगारीसँग जोड्ने र कम्तीमा २० वटा लगानीयोग्य स्टार्टअप लगानीकर्तासमक्ष प्रस्तुत गर्ने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan