Thursday 5th of November | २०८३ कार्तिक १९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रासस समाचार प्रभावः प्रकाशले पाए ह्विलचियर

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १९ बिहीबार |
newsabhiyan

जुम्ला, १९ कात्तिकः जुम्लास्थित सामाजिक विकास कार्यालयले यहाँको तिला गाउँपालिका–१, रारा गाउँका अपाङ्गता भएका प्रकाश रावतलाई ह्लिचियर प्रदान गरेको छ । 

पूर्ण रूपमा शारीरिक अपाङ्गता भएका आठ वर्षीय रावतलाई ह्लिचियर नहुँदा निकै समस्या भएको थियो ।

यस विषयमा राष्ट्रिय समाचार समिति (रासस) ले कात्तिक १२ गते ‘ह्विलचियर नहुँदा प्रकाशलाई समस्या’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशनपछि सामाजिक विकास कार्यालयले रावतलाई ह्लिचियर प्रदान गरेको हो ।

कार्यालय प्रमुख टोपबहादुर बुढाले अपाङ्गता भएका रावतको सहजताका लागि ५० हजार बराबरको ह्लिचियर प्रकाशकी आमा ज्योति रावतलाई आज प्रदान गरिएको जानकारी दिनुभयो ।

छोरालाई सहायक सामग्री अर्थात् ह्लिचियरको अभावमा हिँडडुल गर्न कठिन भएको थिए । कार्यालयले ह्लिचियर दिएपछि सहज हुने प्रकाशकी आमा ज्योति रावतले जानकारी दिनुभयो ।  

उहाँले भन्नुभयो, “छोराले बोल्न र हिँडडुल गर्न सक्दैन, घरपरिवारको एक जनाको साहरा चाहिन्छ । सहायक सामग्री अभाव हुँदा निकै कष्ट सहनुपरेको थियो ।” पाँच वर्ष अगाडि आइएनएफ नेपालले प्रकाशलाई एक ह्लिचियर प्रदान गरेको थियो ।

अहिले बिग्रिएर कामै नलाग्ने अवस्थामा छ । नयाँ ह्लिचियरका लागि सामाजिक विकास कार्यालयले प्रदान गरेसँगै छोरालाई बस्न र आवजावत गर्न राहत पुग्ने रावतको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan