Wednesday 18th of November | २०८३ मङ्सिर २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रेडियन्ट कप बास्केटबल भोलिदेखि

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १ मंगलबार |
newsabhiyan

काठमाडौं, १ मंसिर । रेडियन्ट पब्लिक बोर्डिङ स्कुल, स्युचाटारको आयोजनामा १२ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ३ विधामा ४४ टिमको सहभागिता रहने रेडियन्टका प्रिन्सिपल सूर्यबहादुर केसीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

सिनियर ब्वाइजमा २४, सिनियर गल्र्समा १२ र जुनियर ब्वाइज (यु–१२) मा ८ टिमले प्रतिस्पर्धा गर्ने छन् । जुनियर विधा पहिलोपटक समावेश गरिएको हो ।

प्रिन्सिपल केसीले ग्रासरुट तहदेखिनै बास्केटबलको विकासमा सहयोग पु¥याउने उद्देश्यले पहिलोपटक जुनियर बास्केटबलको थालनी गरिएको बताए । सिनियर ब्वाइजमा रेडियन्ट तथा सिनियर गल्र्समा स्वर्णिम डिफेन्डिङ च्याम्पियन हुन् ।

प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख ५० हजार रुपैयाँ खर्च हुने रेडियन्टकी भाइस प्रिन्सिपल शुभद्रा कुँवरले जानकारी दिइन् । मंसिर ११ गतेसम्म लिग कम नकआउट आधारमा खेलाइने प्रतियोगिताका खेलहरु स्युचाटारस्थित आयोजककै कोर्टमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan