Friday 20th of November | २०८३ मङ्सिर ४ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विश्व दर्शनशास्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ३ बिहीबार |

काठमाडौँ, ३ मङ्सिर: विश्वको सबैभन्दा प्राचीन चिन्तनका रूपमा रहेको दर्शनशास्त्र दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

विश्वको प्राचीन दर्शन विधालाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घले सन् २००२ मा प्रस्ताव पारित गरेर हरेक वर्षको नोभेम्बरको तेस्रो बिहीबार ‘विश्व दर्शनशास्त्र दिवस’ मनाउन सुरु गरेको थियो । सोही वर्षदेखि यो दिवस विश्वभर मनाउन थालिएको हो । 

नेपालमा भने सन् २०१२ देखि विश्व दर्शनशाास्त्र दिवस मनाउन थालिएको हो । यस अवसरमा विश्वभरिका दर्शनशास्त्री, दर्शनशास्त्रप्रेमी, स्वतन्त्रताप्रेमी, मानवतावादी तथा अन्य सरोकार भएकाहरूले विभिन्न कार्यक्रम गरेर दर्शनशास्त्रको महत्वमाथि प्रकाश पार्ने गरेका छन् ।

यो दिवस त्रिभुवन विश्वविद्यालय मनोविज्ञान तथा दर्शनशास्त्र विभाग त्रिचन्द्र क्याम्पस, दर्शनशास्त्र विभाग, नेपाल नेपाल प्रज्ञा-प्रतिष्ठान, दर्शनशास्त्र अध्ययन केन्द्र, जरोकिलो प्रतिष्ठान नेपाललगायत सङ्घंस्थाहरूले विविध कार्यक्रम गरेर मनाउँदै छन् ।

नेपालमा दर्शनशास्त्रको अध्यापन सन् १९१८ देखि त्रिचन्द्र कलेजमा आरम्भ भएको थियो । तत्कालीन त्रिचन्द्र कलेज पटना विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालनमा आएको त्रिचन्द्र क्याम्पस, दर्शनशास्त्र विभागका प्रा गोविन्दशरण उपाध्यायले जानकारी दिनुभयो । 

त्रिभुवन विश्वविद्यालय स्थापना भएपछि त्रिचन्द्र क्याम्पसमा प्रा डा गोदत्तमान श्रेष्ठको (क्याम्पस प्रमुख) ले स्नातक तहमा दर्शनशास्त्र पढाउनुभएको अभिलेखमा उल्लेख गरिएको उहाँले बताउनुभयो ।

त्रिविविले विराटनगर, लहान, पाटन, रत्नराज्य र त्रिचन्द्रलाई दर्शनशास्त्र पढ्ने/पढाउने सम्बन्धन दिएकामा हाल रत्नराज्य र पाटनमाबाहेक सबैतिर पठनपाठन हुने गरेको जनाइएको छ ।

प्रा उपाध्यायका अनुसार दर्शन भनेको ज्ञानको आँखा हो, ज्ञान भनेको जीवन सञ्चालन गर्ने, जीवन र जगत्लाई सत्मार्गमा लगाउने अर्थात् सत्यम्, शिवम्, सुन्दरम्को प्रत्याभूति दिने आन्तरिक शक्ति र विज्ञान हो । “मानव जीवनलाई सकारात्मक मार्गमा लैजान यसको महत्त्वपूर्ण भूमिका रहन्छ ।

त्यसैले दर्शन र दर्शनसम्बन्धी ज्ञानले भरिएका शास्त्र-ठेलीको मूल्यमान्यता अत्यधिक हुने भएकाले पनि यो दिवस मनाउनु अर्थपूर्ण मानिन्छ”, उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan