Friday 20th of November | २०८३ मङ्सिर ४ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

तीन महिनामा ४५ आगलागीका घटना, १७ करोड बढीको क्षति

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ३ बिहीबार |
newsabhiyan

भद्रपुर (झापा), ३ मङ्सिर: झापामा पछिल्लो तीन महिनामा आगलागीका ४५ घटना भएका छन् । भदौ, असोज र कात्तिकमा भएका ती घटनामा रु १७ करोड ५१ लाख १३ हजार ९७५ बराबरको आर्थिक क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कात्तिकमा मात्रै २६ वटा आगलागीका घटना हुँदा रु छ करोड ७२ लाख २१ हजार बराबरको अनुमानित क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार ती घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

त्यस्तै, असोजमा आगलागीका १२ घटना हुँदा रु १० करोड ६६ लाख ८२ हजार ९७५ बराबरको क्षति भएको थियो भने भदौमा सात वटा घटना हुँदा रु १२ लाख १० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । 

प्रहरी नायब उपरीक्षक बुढाथोकीका अनुसार जिल्लामा पछिल्लो तीन महिनाको अवधिमा विपद्का अन्य घटनाको तुलनामा आगलागीबाट सबैभन्दा बढी आर्थिक क्षति भएकोे छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan