मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु
न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ४ शुक्रबार |
काठमाडौं, ४ मंसिर । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो।
बैठकमा समसामयिक राजनीतिक अवस्था, सरकारका नियमित कामकारबाही तथा विभिन्न मन्त्रालयका प्रस्तावित विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
बैठकले गर्ने निर्णयबारे भने विस्तृत जानकारी आउन बाँकी छ।


